कास्की काँग्रेसका नेता नम्रता वरालले केन्द्रिय सदस्यमा उमेदवारी दिने

२२ मंसिर २०७८, बुधबार

 

कास्की ।  नेपाली काँग्रेस कास्कीका नेता तथा महिला उद्यमी नम्रता वरालले पार्टीको १४ अाैं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने भएकी छन्।

लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय बराल विद्यार्थीकाल देखि हालसम्म निरन्तर पार्टीका विभिन्न तह र तप्कामा रहेर काम गरिसकेकी छन्।

 

विपिकाे विचारवाट प्रभावित वराल राजनितीलाई पेशा वा व्यवसाय भन्दा पनि विशुद्ध समाजसेवाकाे रुपमा लिनु पर्ने वताउछिन्।

” नीति र नेतृत्वमा महिलाको प्रवेश, सशक्त काँग्रेस समृद्ध देश ” नाराका साथ हर निर्णायक तहमा पार्टी भित्र वैचारिक वहसमा सार्थक समावेशिताको लागि पनि अाफ्नाे उमेदवारी रहेको वराल वताउछिन्।

पार्टीको १४ अाैं महाधिवेशनमा म केन्द्रीय सदस्यमा लड्दैछु,मलाई विश्वास छ,नेपाली काँग्रेसका अाम नेता कार्यकर्ताले मलाई निर्वाचित गराउनु हुनेछ `,उनले भनिन।पार्टीलाई सशक्त वनाउन,विधि पद्धति र प्रक्रियावाट पार्टीलाई चलाउनका लागि  अाफ्नाे उमेदवारी रहेको वरालले पाेखरा पाेष्टलाई जानकारी दिईन्।

 

 

 

 

 

Leave a Reply