नेप्सेमा आज सामान्य अंकको बृद्धि

१४ पुष २०७८, बुधबार

पोखरा।शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५ दशमलव ५१ अंकले बढेर परिसुचक २५ सय २४ दशमलव ५० विन्दु कायम भएको हो ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २६ अंकले बढेर ४७१ दशमलव २४ विन्दुमा रोकिएको छ ।

बुधबार नेप्सेमा २ सय २८ कम्पनीको ४२ हजार ५१२ पटक कारोबार भएर ३ खर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँ बराबरको ५६ लाख ३८ हजार २६९ कित्ता शेयर खरिद विक्रि भइरहेको नेप्सेले जनाएको छ ।

Leave a Reply