सूर्योदय क्लवको वाचनालय उदघाटन

१४ पुष २०७८, बुधबार

 

पोखरा । पोखरा – ३ नदीपुरको प्रकृति उद्यानमा निर्मित सूर्योदय क्लबको वाचनालय समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व चित्रकार तथा कार्टुनिस्ट दुर्गा बराल ुवात्स्यायनु ले किताब बिनाको कोठा र वाचनालय बिनाको शहर मृत लाश जस्तै हुन्छ भन्ने प्रसिद्ध भनाइ स्मरण गर्दै वाचनालयले नदीपुर र सारा पोखरालाई जगाउन सकोस् भन्ने शुभकामना दिनुभयो ।उहाँले वाचनालयको सार्थकताका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो

कार्यक्रममा प्रकृति उद्यान तथा वाचनालय निर्माण समितिका संयोजक स्वर्गीय मेजर चन्द्रबहादुर पुनको स्मरण गरियो । उद्यानमा क्यान्टिन र वाचनालय दुवै भयो भने उद्यान र क्लव दीर्घजीवि हुनेछन् भन्ने परिकल्पना उनै मेजर पुनको भएको क्लबका अध्यक्ष शेखर पराजुलीले बताउनु भयो । उहाँका अनुसार क्लवले उक्त वाचनालय भवन बनाउँदा चन्दादाताबाट कुल २३ लाख ५२ हजार तीन सय ६७ रुपैयाँ उठेको र २२ लाख ८८ हजार दुई सय ५६ रुपैयाँ खर्च भएको थियो भने अझै वाचनालयका लागि कम्प्युटर, कुर्ची र पुस्तक खरिदका लागि रकम आवश्यक परेको छ । सबै दाता र सहयोगीलाई धन्यवाद दिँदै पराजुलीले भन्नुभयो, ूस्थानीय व्यक्तिहरुबीच निरन्तर भेटघाट र विभिन्न क्षेत्रका ज्ञान आदानप्रदान गरी अनौपचारिक शिक्षा मार्फत समाज सुधारको कार्य गर्नु नै वाचनालय निर्माणको मुख्य ध्येय हो ।ू

कार्यक्रममा पोखरा ३  का अध्यक्ष रविन्द्र बहादुर प्रजूले सूर्योदय क्लबले गरेका कार्यहरु सराहनीय भएको र आगामी दिनमा समेत क्लवसँग सहकार्य गर्न वडा कार्यालय तयार छ भन्ने प्रतिवद्धता जाहेर गर्नुभयो । वाचनालय तथा उद्यान परिसरमा फ्रि वाई फाईको व्यवस्था गर्न वडाले सहयोग गर्ने बताउँदै उहाँले क्लवको साधारण सदस्यता समेत लिनुभयो । क्लवका सहसचिव यशोदा गौतमका अनुसार वाचनालय निर्माण गर्नु क्लवको लागि ठूलो उपलव्धि हो र यसको सञ्चालन अबको चुनौती हो । महिला मिलन समूहकी संस्थापक अध्यक्ष तथा वडा सदस्य लक्ष्मी पराजुलीले शुभकामना दिँदै क्लवका कार्यहरुले निरन्तरता पाउने अपेक्षा राखेको बताउनुभयो ।

क्लबका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार प्रकाश घिमिरेका अनुसार वाचनालय निर्माण गर्ने पुरानो सपना भए पनि अहिले मात्रै त्यसले सफलता पाएको र वर्तमान कार्यसमितिको दृढ इच्छाशक्तिका कारण त्यो सम्भव भएको हो ।

चन्दादाता शुभचिन्तक सबैको अथक सहयोगले नै सूर्योदय क्लवको वाचनालय निर्माण सम्पन्न भएको र सबैजना धन्यवादको पात्र भएको वाचनालय निर्माण समितिका संयोजक भूपाल जंग कुँवरले बताउनुभयो । उहाँले यस वाचनालयको संवर्द्धन र प्रवर्द्धनमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा वलराम पराजुलीले वाचनालयका लागि द्धट थान पुस्तक हस्तान्तरण गर्नुभयो भने उन्नति बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट महाप्रबन्धक भगवान भट्टराईले वाचनालयका निम्ति एक थान कलर प्रिन्टर र एक थान एलसिडी एचडी मल्टिमिडिया प्रोजेक्टर प्रदान गर्नुभयो ।

Leave a Reply