पाेखरा -३० शान्तिनगर टाेलमा उद्घाेषण कला तालिम सुरु

२० पुष २०७८, मंगलवार

 

पाेखरा ।पाेखरा महानगरपालिका वडा नम्बर ३० खुदि शान्तिनगरटाेलमा उद्घाेषण कला तालिम साेमवार देखि सुरु भएको छ।शान्तिनगर टाेल विकास संस्था र शान्तिनगर सामुदायिक सेवा समितिकाे संयुक्त अायाेजनामा संचालित तालिम ३ दिन सम्म चल्ने छ।

तालिमको उद्घाटन गर्दै पाेखरा ३० का वडा अध्यक्ष श्रीराम पाेखरेलले सभ्य समाज निर्माणका लागि मानवीय विकासले महत्त्वपूर्ण भुमिका खेल्ने वताउनु भयाे।उहाँले महिलाहरुलाई अायअार्जनका कार्यक्रममा जाेड्न सके मात्रै टाेल ,वडा हुदै समृद्ध महानगर वनाउन सकिनेमा जाेड दिनुभयो ।

वडा नम्बर ३०लाई लेखनाथको केन्द्रकाे रुपमा विकास गर्न अाफु लागिपरेकाे उल्लेख गर्दै उहाँले वडाको विकासका लागि सबैकाे साथ र सहयोग अावश्यक रहेको वताउनुभयाे।

शान्तिनगर सामुदायिक सेवा समितिका अध्यक्ष राम्जी प्रसाद न्याैपानेले टाेलविकास संस्थाका सदस्यहरुकाे क्षमता अभिबृद्दिका लागि तालिम अायाेजना गरिएको वताउनुभयाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी प्रशिक्षक रहेको तालिममा टाेल विकास संस्थाका ४० जना सदस्यहरुकाे सहभागीता रहेको   अध्यक्ष न्याैपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा शान्तिनगर टाेलविकास संस्थाका अध्यक्ष नारायणहरी तिवारी ,समाजसेवी साेमनाथ वास्ताेला,रामचन्द्र पाैडेल,हाेम बहादुर क्षेत्री ,नन्दलाल अाचार्य संस्था का सल्लाहकार विष्णु सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

शान्तिनगर सामुदायिक सेवा समितिका अध्यक्ष राम्जी प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नारायणी तिवारीले गर्नु भएको थियोे भने कार्यक्रमकाे संचालन संस्थाका सचिव लक्ष्मी त्रिपाठी अाेझाले गर्नु भएको थियाे।

 

Leave a Reply