पुम्दिकोटमा आगामी माघ ८ गते देखि १८ गतेसम्म शिवमहापुराण हुने

२१ पुष २०७८, बुधबार

 

 

पुम्दिकोट कोट बिकास समितिको आयोजनामा पुम्दिकोटमा शिवमहापुराण हुने भएको छ । समितिले दिएको जानकारी अनुसार आगामी माघ ८ गते देखि १८ गतेसम्म शिवमहापुराण आयोजना गरिएको छ ।
सुमेरु पर्बत नामाकरण गरि कुमार पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेस्वर महादेब देखि सुमेरु पर्वतसम्म पहुचको लागि बिधुतीय चियर कार निर्माण गर्ने, ग्रिनरी पार्क निर्माण गर्ने, पार्किङ् स्थल निर्माण गर्ने, मूल मूर्ति लगायत अधुरा कार्यहरु सम्पन्न गर्ने र प्रथम महायज्ञ लगायत महायज्ञका दानदाताहरुबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माण गर्ने लगायतका उद्देश्य पुरा गर्न शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न संकल्प महायज्ञ २०७८ आयोजना गरिएको विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

हाल सो स्थानमा ५१ फिट अग्लो महादेवको बिशाल मूर्ती, ३१ फिट उचाइको बिशाल डम्मरु निर्माण गरिएको छ भने, महादेवको बिशाल क्षेत्र कुण्ड, तेश्रो आखा, १०८ धारा जडान सहित शिब ताण्डब नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र पनि निर्माण निर्माण गरिएको छ । यस्तै २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिढी निर्माण, सुबिधा सम्पन्न शौचालय सहितको प्रशासकीय भवन निर्माण, फूलमाला बिक्रि कक्ष रहने ४१ वटा सटरहरु, मूर्ती परिसरमा कम्पाउड वाल, २०० मिटर पहुँचको पक्कि मार्ग र मनोरेल द्वारा गणेश परिक्रमा समेत निर्माण गरिएको अध्यक्ष बरालले जानकारी दिए ।
शिवमहापुराण सम्पन्न गर्न पुम्दिकोट कोट बिकास समितिका अध्यक्ष चन्द्रकान्त बरालको संयोजकत्वमा १००८ सदस्यीय मूल आयोजक समिति तथा ३८ वटा उपसमितिहरु समेत गठन गरिएको छ । शिवमहापुराण प्रसिद्ध भागवत भास्कर श्री कमल नयन गौतमले वाचन गर्नेछन् । यसअघि २०७३ फाल्गुन ३ गते देखि १३ गते सम्म पहिलो शिवमहापुराण लगायत बिबिध धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो ।

Leave a Reply