पाेखरा -३० शान्तिनगर टाेलमा उद्घाेषण कला तालिम सम्पन्न

२२ पुष २०७८, बिहीबार

 

पाेखरा ।पाेखरा महानगरपालिका वडा नम्बर ३० खुदि शान्तिनगरटाेलमा उद्घाेषण कला तालिम सम्पन्न भएको छ।शान्तिनगर टाेल विकास संस्था र शान्तिनगर सामुदायिक सेवा समितिकाे संयुक्त अायाेजनामा संचालित तालिम ३ दिन सम्म संचालन भएको थियाे।

तालिमसमापन  समारोहमा बाेल्दै  पाेखरा ३० का वडा अध्यक्ष श्रीराम पाेखरेलले सभ्य समाज निर्माणका लागि मानवीय विकासले महत्त्वपूर्ण भुमिका खेल्ने वताउनु भयाे।उहाँले महिलाहरुलाई अायअार्जनका कार्यक्रममा जाेड्न सके मात्रै टाेल ,वडा हुदै समृद्ध महानगर वनाउन सकिनेमा जाेड दिनुभयो ।

वडा नम्बर ३० लाई लेखनाथको केन्द्रकाे रुपमा विकास गर्न अाफु लागिपरेकाे उल्लेख गर्दै उहाँले वडाको विकासका लागि सबैकाे साथ र सहयोग अावश्यक रहेको वताउनुभयाे।

शान्तिनगर सामुदायिक सेवा समितिका अध्यक्ष राम्जी प्रसाद न्याैपानेले टाेलविकास संस्थाका सदस्यहरुकाे क्षमता अभिबृद्दिका लागि तालिम अायाेजना गरिएको वताउनुभयाे ।

तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अाग्रह गर्नुभयो ।

 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर अात्रेयले महिला लक्षित कार्यक्रमलाई उद्योग वाणिज्य संघले प्राथमिकतामा राखेको भन्दै  उद्योग वाणिज्य संघको तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयाे।

 

कार्यक्रममा शान्तिनगर टाेलविकास संस्थाका अध्यक्ष नारायणहरी तिवारी ,समाजसेवी साेमनाथ वास्ताेला,रामचन्द्र पाैडेल,हाेम बहादुर क्षेत्री ,नन्दलाल अाचार्य संस्था का सल्लाहकार विष्णु सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

कार्यक्रममा तुलसी गुरुङ पाण्डे ,लीला कट्टेल,सुजाता भुर्तेल,नारायणी तिवारी लगायतले अनुभव मन्तव्य राख्नु भएको थियाे। ।

तालिममा टाेल विकास संस्थाका ४० जना सदस्यहरुकाे सहभागीता रहेको    थियाे।

 

 

Leave a Reply