एन प्याव्सन कास्कीको २४ औं स्थापना दिवस

२८ पुष २०७८, बुधबार

पोखरा । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ ।

आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।

कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षाविद् विकल शेरचनलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी एन प्याव्सन कास्कीमा विगत ८ वर्ष देखि निरन्तर कार्यलय सचिवको रुपमा काम गरेका कार्यालय सचिवलाई विदाईसगै सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै एन प्याव्सनमा आवद्ध विद्यालय हिल साइड इङ्लीस स्कूल, होली माउण्ट इङ्लीस स्कूल, शान्ति बाटिका इङ्लीस स्कूल र इम्मानुएल स्कूललाई सम्मान गरिएको थियो ।

हिल साईडको संस्थापक प्रिन्सिपल लिला प्रसाद पराजुली, होली माउण्टका संस्थापक प्रिन्सिपल चोलाकान्त न्यौपने, शान्ति बाटिका संस्थापक प्रिन्सिपल पृत्तीराज अधिकारी, इम्मानुएलका संस्थापक प्रिन्सिपल एमवि कार्कीलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारयण श्रेष्ठ संस्थागत विद्यालयको योगदानलाई सम्मान गर्नुपर्ने बताए ।

‘तपाईहरु निश्पक्ष स्वच्छ इमान्दार र कर्तव्यनिष्ठ भएर विद्यालय सञ्चालन गर्नुहोस्’ उनले भने,‘ तपाईहरुले सञ्चालन गरेको विद्यालय जे सुकै चुनौती आएपनि डगमगाउने छैन ।’

पछिल्लो समय मान्छेले काम नपाउने र कामले मान्छे नपाउने स्थीति भएकोकोले अव गुणस्तर सँगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले संस्थागत विद्यालयको पेशा र सेवा दुवै जोडिने भएकोले संस्थागत विद्यालयका सञ्चालकले लगानीको चिन्ता लिनु नपर्ने बताए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य विकासका निम्ती हुने द्धन्द्धलाई नेगेटिभ रुपमा लिन नहुने प्रष्ट पारे ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष याम खड्का, केन्द्रीय सदस्य राम थापा, केन्द्रीय सदस्य रामबहादुर मोची, शिक्षाविद् विकल शेरचन, हिसान कास्कीका अध्यक्ष याम रोक्का प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले बोलेका थिए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply