स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको  निर्णय

२४ माघ २०७८, सोमबार

 

काठमाडौं ।  सरकारले  स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको     छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  मन्त्रिपरिषद्को  बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्नेबारे यसअघि समझदारी गरेका थिए । तर, आजको मन्त्रिपरिषद् बैठकले भने ०७९ साल बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए ।

Leave a Reply