चाैथाे राष्ट्रिय वेटि सम्मेलन पाेखरामा सुरु

२७ माघ २०७८, बिहीबार

पाेखरा  ।  हरेक घर हरेक पालिका ,हुनुपर्छ साहासी वालिका भन्ने नारा सहित चाैथाे राष्ट्रिय वेटि सम्मेलन पाेखरामा विहिवार देखि सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पाेखरेलले महिलाले अाफुमाथि भएको हिसां सहेर वस्न नहुनेमा जाेड दिनु भयाे।उहाँले समाज चेतनशील भएमा मात्रै हिसां न्युनिकरण हुने उल्लेख गर्दै हिसां विरुद्ध कानुनी उपचारमा जुट्न हिंसा पिडितलाई अाग्रह समेत गर्नुभयो ।

समतामूलक समाज निर्माणका लागि समाजका सबै पक्ष जिम्मेवार वन्नु पर्ने वताउदै मुख्य मन्त्री पाेखरेलले गण्डकी प्रदेश सरकारले महिलाको पाठेघर र स्तन क्यान्सरकाे निशुल्क उपचार सुरु गरेको जानकारी दिनुभयो ।

पहाड र हिमालकाे तुलनामा मधेसमा हिंसा बढि हुने गरेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशलाई लैङ्िगक मैत्री वनाउन अाफु प्रतिवद्ध रहेको वताउनु भयाे।

कार्यक्रममा वाेल्दै  मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरका अध्यक्ष ,अाभाशा राष्ट्रिय अभियान नेपालका संयाेजक नजवुल खान निलमले    जनसंख्याको अाधारमा राज्यको हरेक तहमा महिलाकाे अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जाेड दिनुभयो ।अाभाशा अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उदेश्यले अाफुले काम गरिरहेकाे वताउदै उहाले समाजका सबै सराेकारवालाले महिलाको मुद्दालाई साझा मुद्दाका रुपमा लिनु पर्ने वताउनु भयाे।हरेक पालिकाले साहासी वालिका वनाउन सके महिला हिंसा न्युनिकरण हुदै जाने उहाँको भनाइ थियाे।

समानता,समाबेशी र मानव अधिकारका लागि अासनमा महिला -भाषणमा महिला -शासनमा महिला।लैङ्िगक विभेद वुझिदेउ,हिसां हाेईन खुसि देउ ,हरेक घर हरेक पालिका हुनुपर्छ साहासी वालिका भन्ने मुल नारा सहित अायाेजना गरिएको ऐतिहासिक चाैथाें राष्ट्रिय वेटि सम्मेलनमा  चेलिबेटी सशक्तीकरण सम्मान २०७८ वाट महिला अधिकार र महिला शसक्तिकरणकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउनु भएका  त्रिभुवन विश्व विद्यालयका उप-प्राध्यापक लक्ष्मी जाेशी, वरिष्ठ समाजसेवी सुशीला श्रेष्ठ ,अधिकारकर्मी ख‌ैरुन निसासैयव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,अधिकारकर्मी पुष्पा यादव,दलित अधिकारकर्मी सरु सुनार,समाजसेवी रीता परियार ,बाल अधिकारकर्मी प्रिन्सा रेग्मी ,किशोरी अधिकारकर्मी पशुपति कुवँर लाई मुख्य मन्त्री पाेखरेलले दाेसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियाे।

 

मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरका अध्यक्ष ,अाभाशा राष्ट्रिय अभियान नेपालका संयाेजक नजवुल खान निलमकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उप-सभापति कल्पना तिवारी ,समाजसेवी शुशिला श्रेष्ठ ,एसिड पिडत मुस्कान खातुन,त्रिभुवन विश्व विद्यालयका उप-प्राध्यापक कुमारी लक्ष्मी जाेशी ,अाभाशा प्रदेश नम्बर २ का संयाेजक पुष्पा यादव,किशोरी अधिकारकर्मी पशुपति कुवँर,अधिकारकर्मी रीता परियार ,दलित अधिकारकर्मी सरु सुनार,बाल अभियान्ता प्रिन्सा रेग्मी, कार्यक्रम संयाेजक अधिकारकर्मी देवी कार्की, अाभाशा अभियानका सहजकर्ता सुमन परियार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

कार्यक्रममा स्वागत मन्तव्य अभियानका सदस्य अानन्दवति चाैधरी (सानू)ले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन अभियानका सल्लाहकार सचिव विमला सुनुवार राईले गर्नुभएको थियाे।

मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुर,अाभाशा राष्ट्रिय अभियान नेपालकाे अायाेजना एवं गण्डकी प्रदेश पाेखरा ,प्रदेश नम्बर १ ,सामाजिक विकास मन्त्रालय लगायतको समन्वय र सहयोगमा संचालित सम्मेलन ३ दिनसम्म चल्ने कार्यक्रम संयाेजक देवी कार्कीले जानकारी दिनुभयो ।

 

 

Leave a Reply