विपि अध्ययन प्रतिष्ठान पाेखराकी सभापति प्रभा पाैडेल सुवेदिद्वारा न्यानो पछ्याैरा वितरण

२८ माघ २०७८, शुक्रबार

पाेखरा ।विपि अध्ययन प्रतिष्ठान पाेखरा महानगर सभापति प्रभा पाैडेल सुवेदीले जेष्ठ नागरिक अामाहरुलाई न्यानाे पछ्याैरा वितरण गरेकी छन्।पाेखरा -२४ लाैरुकमा रहेका ३५ जना जेष्ठ नागरिक अामाहरुलाई न्यानो पछ्याैरा वितरण गरेको सुवेदीले वताएकी छन्।

समाजसेवाका विभिन्न काममा अग्रसर रहदै अाएकी उनले जाडो माैसममा बृद्धअबस्थाका अामाहरुलाई थाेरै भएपनि राहत मिलाेस् भनेर न्यानो पछ्याैरा वितरण गरेको वताईन।विपिकाे सिद्धान्तवाट प्रभावित उनले गरिव ,दुखि ,असाहायलाई सेवा गर्नु नै सबैभन्दा ठुलाे सेवा हुने समेत वताईन।

कार्यक्रममा वाेल्दै विपि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डेले नेपाली काँग्रेसलाई अगाडि वढाउन अामा ,दिदिबहिनीहरुकाे महत्त्वपूर्ण भुमिका रहेको वताईन।उनले सुख र दुखमा साथ दिने पाटि नेपाली काँग्रेस नै रहेको दावी समेत गरिन।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरत वहादुर अधिकारी ,जिल्ला सदस्य सीता शर्मा ,पाेखरा -२४ का सभापति प्रताप वहादुर कार्की ,क्षेत्रीय प्रतिनिधि देवेन्द्र विक्रम शाही ,पाेखरा -६ का पुर्व सभापति नेत्रपाणी न्याैपाने, विपि अध्ययन प्रतिष्ठानका नगर उपसभापति तारा तिमिल्सिना ,पाेखरा नगर सदस्य नारायण वहादुर देवकोटा ,पाेखरा -२४ का सचिव चन्द्रेश्वर वस्ताकाेटि,सहसचिव कुमार देवकाेटा,लाैरुक अामा समुहका अध्यक्ष लक्ष्मी सुवेदी ,टाेल कार्य समिति सभापति विकास देवकाेटा,शिक्षक देवि गाैतम,अम्बर विक्रम शाही ,भुपु सैनिक गिरिधारी भट्टराई लगायतको उपस्थिति रहेको थियाे।

विपि अध्ययन प्रतिष्ठान पाेखरा महानगर सभापति प्रभा पाैडेल सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन ट्रेड युनियन काग्रेस कास्कीका उपसभापति एवं क्षेत्रीय प्रतिनिधि डिल्लीराम भट्टराईले गरेका थिए।

Leave a Reply