चन्द्रप्रभा माविको स्वर्ण महाेत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

१२ फाल्गुन २०७८, बिहीबार

 

पाेखरा। कास्कीका रुपा गाउँपालिका ६ भीरचाेकमा रहेको चन्द्रप्रभा माविले अाफ्नाे स्वर्ण जयन्ती विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेकाे छ। स्वर्ण जयन्ती समापन समारोहमा वाेल्दै गण्डकी प्रदेशका शिक्षा ,संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,अभिभावक र विद्यार्थीकाे महत्त्वपूर्ण भुमिका हुने वताउनुभयाे। विद्यार्थीले शिशु कक्षा देखि नै उसकाे रुचि अनुसारको विषय पढ्ने पढाउने वातावरण सृजना गर्न सके मात्रै दक्ष विद्यार्थी उत्पादन हुन सक्ने उहाँको भनाइ थियाे।

राज्ले शिक्षामा ठुलाे लगानी गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने ,´निजि विद्यालयका भन्दा सामुदायिक विद्यालयका शिक्षककाे तालिम हाेस् वा शैक्षिक याेग्यता सबै बढि हुन्छ,तर नतिजा निजि विद्यालयकाे कसरी राम्रो अाउछ ?`यस विषयमा गम्भीर वहस अावश्यक रहेको उहाँको भनाइ थियाे।

दक्ष विद्यार्थी गाउँवाट पलायन हुने क्रम बढेको भन्दै मन्त्री श्रेष्ठले माटाे र भुगाेल सुहाउँदो शिक्षा दिन सकेमा अाफ्नै गाउँ ठाउँमा दक्ष जनशक्तिको सदुपयोग हुने वताउनुभयाे।

 

सुरुवाती अवस्थामा साेल्जर वाेर्ड,विजय प्रावी,कमला प्रावि हुदै २०२८ सालमा निमावि तहकाे पठनपाठन अारम्भ भएपश्चात चन्द्रप्रभा नामांकरण गरिएको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ती मनाईएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवावक्स मियाले जानकारी दिनुभयो ।

विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रअ भाेलानाथ पाैडेलले शैक्षिक उन्नतिका लागि विभिन्न विज्ञहरूसंग परामर्श लिएर प्राविधिमैत्री शैक्षिक वातावरण सृजना गर्ने वताउनु भयाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवावक्स मियाकाे अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज अाेझा,नेपाली काँग्रेस रुपाका सभापति विमल न्याैपाने,रुपा ६ का सभापति वलराम गुरुङ ,विद्यालय का पुर्व प्रअ राधाकृष्ण लामिछाने ,शिक्षासेवी तील वहादुर खड्का ,वालाेदय माविका प्रिन्सिपल तथा सहयाेगदाता दुर्गादत्त पगेनी,  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी ,भुपु विद्यार्थी पुनर्मिलन कार्यक्रमका संयाेजक कंचन गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

 

कार्यक्रममा भलिबल प्रतियोगिता ,हाजिरीजवाफ प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता ,दाैड प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियाे।

 

स्वर्ण जयन्तीलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नु भएका सहयोगदाताहरुलाई  कार्यक्रममा सम्मान समेत गरिएको थियाे।

कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रअ चुमानसिंह गुरुङले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका शिक्षक माेहम्मद माेहसिन मियाले गर्नु भएको थियाे।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

फागुन ७ गतेदेखि संचालन भएको कार्यक्रममा  स्वर्णद्वार निर्माण ,स्तम्भ निर्माण ,स्मारिका प्रकाशनका साथै भुपु विद्यार्थी पुनर्मिलन कार्यक्रम ,याेग साधन,कला तथा सृजना प्रस्तुतिकरण,प्यानल डिस्कसन लगायतका कार्यक्रम गरि महाेत्सव मनाईएकाे स्वर्ण जयन्ती मुल व्यवस्थापन समितिका संयाेजक समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवावक्स मियाले जानकारी दिनुभयो ।

 

 

Leave a Reply