जनता बहुउद्देश्यीय सहकारीमा नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम

१४ फाल्गुन २०७८, शनिबार

पाेखरा।जनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाेखरा -३० ले महिला शेयर सदस्यका लागि नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमकाे अायाेजना गरेको छ।कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले छरिएर रहेको पुँजीलाई एकीकृत गरि लगानीको माध्यमवाट अार्थिक सम्बृद्दि हासिल गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको वताउनुभयाे।महिलाको लागि सहकारी अार्थिक शसक्तिकरणकाे माध्यम बन्दै गएको उहाँको भनाइ थियाे।

कार्यक्रममा वाेल्दै संस्थाका अध्यक्ष कुल बहादुर रानाभाटले विश्वव्यापी रुपमा फैलिएको काेराेना भाईरसका कारणले तालिमलाई नियमित गर्न नसकिएको भन्दै अागामी दिनमा सहकारीका अपेक्षाकृत लक्ष्यहरू प्राप्त गर्न लागिपरेको वताउनु भयाे।

सहकारीका संस्थापक अध्यक्ष विश्वमाेहन पाैडेलले बचतकाे महत्त्वका विषयमा जानकारी दिदै सहकारीका सेयर सदस्यले खर्चमा अनुशासित हुदै वचत गर्ने वानीकाे विकास गर्न अाग्रह गर्नु भयाे।

 

झण्डै २ सय जना शेयर सदस्य महिलाको सहभागीता रहेको तालिमलाई प्रमुख प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले सहजिकरण गर्नु भएको थियाे भने सहकारीकर्मी शंकर पाैडेल र  सुशील केसीले पनि सहजिकरण गर्नु भएको थियाे।

जनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कुल वहादुर रानाभाटकाे अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शाेभामाेहन पाैडेल,उपाध्यक्ष बिश्वराज  लामिछाने ,शिक्षा उपसमितिका सदस्य दयाराज भण्डारी लगायतले वाेल्नु भएको थियाे।कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयाेजक लक्ष्मी त्रिपाठी अाेझाले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन संस्थाका सचिव भरतराज अाेझाले गर्नुभएको थियाे।

सहकारीको मुख्य कार्यलय पाेखरा ३० पावरहाउसमा रहेको छ भने पोखरा ३० तागाकोमुख खुदीमा सेवा केन्द्र रहेको छ।

सहकारीमा ४६५ जना सेयर सदस्य रहेका छन्।

 

 

Leave a Reply