प्रेस युनियन कास्कीले पोखरामा पत्रकारिता तालिम गर्दै

१८ फाल्गुन २०७८, बुधबार

पोखरा । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आधारभूत पत्रकारिता तालिम गर्ने भएको छ ।
युनियनले फागुन १९ देखि २१ गतेसम्म तालिम आयोजना गर्न लागेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गरिने तालिमको सम्पूर्ण तयारी पूरा भएको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।
पत्रकारितामा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम गर्न लागिएको छ ।

Leave a Reply