पोखरा फोटोग्राफर संघको फोटोग्राफी तालिम

२० फाल्गुन २०७८, शुक्रबार

पोखरा ।   पोखरा फोटोग्राफर संघले फोटोग्राफी तालिम शुरु गरेको छ ।  पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका र सो ब्यावसाय गर्न इच्छुकहरुको निम्ती फोटोग्राफी सिपको अभिबृद्धी गर्न शुरु भएको तालिममा  अधिकांस  महिलाहरुको सहभागिता रहेको छ ।

पेशागत सिपबृद्धीलाई नया आधुनिक प्रबिधीसग परिचय गराउन र सो प्रबिधी मार्फत आफ्नो पेशालाई समायानुकुल परिमार्जन गर्न सहयोग मिल्ने अपेक्षा राखिएको छ ।  पहिलो दिनको बेसिक फोटोग्राफी तालिममा घनश्याम पौडेल र दुर्गा प्रसाद पौडेलले प्रशिक्षण दिनुभएको छ ।

पोखरा फोटोग्राफर संघका   अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम सञ्चालन सचिव बिसुराज बरालले गर्नुभएको थियो  ।

तीन दिन सम्म सञ्चालन हुने सो तालिम कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम  सञ्चालन भएको  छ ।

कार्यक्रमका संयोजक देवानन्द पोख्रेलका अनुसार फाल्गुण २० र २१ को एडभान्स लेवलको तालिमका लागि फोटोग्राफीमा लाईटरुम, फोटोसप सम्बन्धी बृहत जानाकारी दिनका लागि काठमाण्डौबाट सो बिषयका बिज्ञ सुशान्त अधिकारीलाई आमन्त्रित गरीएकोे छ ।

कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेश सहयोगीका रुपमा रहेको छ ।  कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफी ब्यावसाय गर्ने अधिकांस ब्यावसायीको उपस्थिती    रहेको  छ।

Leave a Reply