काँग्रेस अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन महामन्त्री गगन थापा अाज पाेखरा अाउदै

0
579

पोखरा  ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापा  अाज पाेखरा अाउने भएका छन्। पोखरामा कांग्रेस मादी गाउँपालिका द्दारा आयोजित  काँग्रेस अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन  महामन्त्री थापा पाेखरा अाउन लागेका हुन।

महामन्त्री थापाले देशमा पछिल्ला क्रममा बिकसित घटनाक्रम, आसन्न स्थानीय निर्वाचन सम्बन्धि पार्टीको भूमिका र रणनीति एवं एमसीसी अनुदान सहयोग सम्झौताका विषयमा   विशेष धारणा राख्ने कार्यक्रम रहेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।

एमसिसि अनुदान सम्झौताका सम्वन्धमा पार्टीको केन्द्रीय समितिले गरेको निर्णय, उक्त सम्झौता प्रतिनिधि सभाबाट पारित गर्दा गरिएको ११ बुँदे व्याख्यात्मक टिप्पणीका सम्बन्धमा महामन्त्री थापाले अगुवा कार्यकर्ताहरुलाई प्रष्ट पार्ने ढकालले सुनाए ।

कार्यक्रममा कास्की कांग्रेसका ७२ वटै इकाइबाट अगुवा कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता सहभागीहरु हुने भएका छन्।

कार्यक्रममा कास्की कांग्रेसका अग्रज नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस मादीका सभापति यमबहादुर गुरूङले जानकारी दिए।