अपाङ्गता सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम

0
513

 

पाेखरा ।  सृजनशिल  अपाङ्गता सराेकार समिति पाेखरा -३ ले अायाेजना गरेको अपाङ्गता भएका व्यक्ति एवम निजका अभिभावकहरुका लागि स्वास्थ तथा अपाङ्गता अभिमुखिकरण एवं पुर्नस्थापना कार्यक्रम बुधबार पाेखरामा सम्पन्न भएको छ।

अपाङ्गता भएका व्यक्तिहरुकाे पुर्नस्थापना सेवामा पहुँच वृद्धिका लागि वकालत गर्न सक्षम वनाउने,संस्था संचालन तथा कार्यलय व्यवस्थापनमा सक्षम वनाउने साथै अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्वन्धमा कानुनी साक्षरता जगाउने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएको सृजनशिल अपाङ्गता सराेकार समिति पाेखरा -३ का अध्यक्ष फणीन्द्र प्रसाद पाैडेलले जानकारी दिनुभयो ।

दुई दिनसम्म संचालन भएको तालिममा अपाङ्गता परिचयपत्र सम्वन्धी कानुनी व्यवस्थाहरु,अपाङ्गता मैत्री स्थानीय शासनका सुचकहरु,अपाङ्गता सम्वन्धी कानुनी व्यवस्थाहरु,जनवकालत,याेजना निर्माण प्रक्रिया लगायतका विषयमा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खाेमराज शर्मा ,कार्यक्रम अधिकृत सुर्य भट्टराई ,पाेखरा ३ का वडा सचिव चन्द्रावति वाग्ले, सिर्जनशील अपाङ्गता सराेकार समिति पाेखरा -३का सल्लाहकार जगन्नाथ सुवेदी , सृजनशिल अपाङ्गता सराेकार समिति पाेखरा -३ का अध्यक्ष फणीन्द्र प्रसाद पाैडेल लगायतले सहजिकरण गर्नु भएको थियाे।

तालिम समापन समारोहमा वाेल्दै पाेखरा ३ का वडा सदस्य लक्ष्मी पराजुलीले अपाङ्गताका क्षेत्रमा वडाले विभिन्न कार्यक्रममा सहयोग गरेकाे वताउनु भयाे।

वडा सचिव चन्द्रावति वाग्लेले अपाङ्गताकाे क्षेत्रमा काम गर्न वडा सधैं तयार रहेको वताउनु भयाे ।पर्याप्त वजेट नहुदा माग गरेवमाेजिम वजेट उपलब्ध गराउन नसकेको उहाँको भनाइ थियाे।

सिर्जनशील अपाङ्गता सराेकार समिति पाेखरा -३ का सल्लाहकार जगन्नाथ सुवेदीले अपाङ्गता मैत्री वातावरण निर्माणका लागि सवै सराेकारवालाकाे महत्त्वपूर्ण भुमिका हुने वताउनुभयाे।

तालिमका प्रशिक्षक सुर्य भट्टराईले तालिममा सिकेका कुरा व्यवाहारमा उतार्न अाग्रह गर्नु भयाे।

सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडका वरिष्ठ उपाध्यक्ष गीता कुवँरले तालिम उपलब्धिमुलक भएको वताउनु भयाे।

सृजनशिल अपाङ्गता सराेकार समिति पाेखरा -३ का अध्यक्ष फणीन्द्र प्रसाद पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव तारा वास्ताेलाले गर्नु भएको थियाे।

तालिममा अपाङ्गता भएका व्यक्ति र उनिहरुका अभिभावककाे सहभागीता रहेको थियाे।