डायमण्डमा प्रतिभा खोज कार्यक्रम

२७ फाल्गुन २०७८, शुक्रबार

सुमन जिसी
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड मावि मा डायमण्ड प्रतिभा खोज कार्यक्रम सम्पन्न भएको छ ।
विगत दुई बर्ष बाट कोरोनाको कारण विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्तुतका कार्यक्रम गर्न नसकी रहेको अवस्थामा अहिले कोरोना को प्रकोपमा केहि कमि भएको अवस्थामा प्रतिभा खोज कार्यक्रम गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङले जानकारी दिनुभएको छ ।
कक्षा १ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुको दुई समूहमा कार्यक्रम गरिएको थियो । कक्षा ११ र १२ को विहान को समय र कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा दिवा समयमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिनुभएको छ ।
गायन, नृत्य, बिट बक्स, चित्रकला लगाएतका विभिन्न समूहमा प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरुमा पढाईको अलवा विभिन्न प्रतिभाको खानी नै रहेको र उनिहरुको प्रतिभालाई विद्यालयले मात्र मल जल गरेको र आगामि दिनमा विद्यार्थीहरुले यहि प्रतिभा र पढाईको माध्यम बाट आफु अनि विद्यालयको नाम लाई समेत देश विदेशमा फैलाउन सफल हुने कुरामा आफु धुक्क रहेको विद्यालयका संस्थापक निर्दैशक माधवशरण उपाध्याय ले बताउनु भएको थियो ।
विभिन्न समूहमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आगामि चैतमा विद्यालयमा आयोजना गर्न लागिएको डायमण्ड महोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयका सूचना तथा प्रविधि संयोजक सुमन जिसी ले जानकारी दिनुभएको छ ।
विद्यालयका संस्थापक प्राचार्य यम वहादुर रोकाले स्वागत तथा कार्यक्रमको बारेमा जानकारी दिनुभएको कार्यक्रममा समापन विद्यालयका संस्थापक व्यवस्थापक प्रमुख हरि लामिछानेले गर्नु भएको थियो ।

 

Leave a Reply