गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगीतामा ११ गोल्ड मेडल सहित कास्की जिल्ला प्रथम,गण्डकीवाट २५ खेलाडी छनोट
पोखरा । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडल सहित कास्की जिल्ला प्रथम भएको छ । ४ गोल्ड मेडल सहित म्याग्दी दोश्रो र ४ गोल्ड मेडल सहित पर्वत तेसा्रे भएको हो ।
पोखरामा आज सम्पन प्रतियोगीतामा कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल पाएका थिए ।
पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन ।
छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जि. समुह तर्फ मन्दिप सुनार,५८ के.जिमा पर्वतका सुरज कडेल र ६३ के.जिमा पर्वतकै प्रकास माझी रहेका छन भने
६८ के.जिमा कास्कीका हेमन गुरुङ छन । त्यसै गरी ७४ के.जि समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के.जि समुहमा कास्की सकील लामगादे र ८७ के.जि मा निरज नेपाली र ८७ के.जि मै पर्वतका सुजन रोक्का रहेका छन ।
त्यसै गरी पुरुष जुनियर तर्फ ४८ के.जि समुहमा म्याग्दीका दिपेस पुर्जा,५५के.जि समुहमा कास्कीका सुजन गुरुङ, ६३ के.जि समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महततो र नवलपुरकै सुरेश जेडिमगर ७८ के.जिसमुहमा विजयी भएका छन ।
त्यसै गरी महिला सिनियर तर्फ ४६ के.जि समुहमा म्याग्दीका इशा गर्बुजा, ४९के.जिमा कास्कीका सरिता बयलकोटी, ५३ के.जि समुहमा मनालिसा मल्ल, ५७ केजिमा अन्जना परियार, ६२ के.जि समुहमा पार्वती श्रेष्ठ, ६७ के.जि समुहमा पर्वतका स्मृती नेपाली र ७३ के.जिमा म्याग्दीकी ममता गर्वुजा रहेका छन ।
महिला जुनियर तर्फको ४४ के.जि मुुनि गोरर्खाकी आकृती क्षेष्ठ ,४९ के.जिमा कास्कीकै अनिसा परियार ५५के.जि र सदिक्षा सुनार ६३ केजिमा छनोट भएका छन भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५के.जि र ६८ के.जि मा ग्रिन गुरुङ छनोट भएका छन ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकुदको स.स्थागत बिकासका लागी मन्त्रालय खेलाडी सँग रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले ब्वसायी खेलाडी उत्पादन गर्ने जोड दिए । संस्थाका अध्यक्ष जगन बहादुर गुरुङले बासिलोना लोलम्पियन १९९२लाई संस्थाको तर्फ वाट सम्मान गर्नु भयो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
१५ मंसिर २०८०, शुक्रबार -
उपभोक्ता समितिहरू बिकासका लागि सरकारका सहयात्री हुन : जि. स. स. कास्की प्रमुख पौडेल
१५ मंसिर २०८०, शुक्रबार -
कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको आग्रह
१५ मंसिर २०८०, शुक्रबार -
फिस्टेल एकेडेमीले पुषको पहिलो साता’फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने
१५ मंसिर २०८०, शुक्रबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
पृष्ठभूमि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप -CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो । साथै सन् १९९१ मा नै क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर यो दिवस “म हिंसा सहन्न,आफुपनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भनी सेतो रिवन अभियान संचालन गरेका थिए ।उक्त समयदेखि सेतोरिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतीकको रुपमा प्रयोग गर्दै आएको पाईन्छ । लिखित इतिहाँसलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिईन् । १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । घर तथा समाजमा महिलाको अवस्था महिला भएकै कारण हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ । यसको अन्त्य गर्न “संरचनागत असमानताबाट सिर्जित भेदभाव अन्तर्निहित कारणहरूको” सम्बोधन आवश्यक छ । यो तबमात्र सम्भव छ, जब राज्यले “महिलाले आफ्नो स्वपहिचान”का साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्छ । महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । ‘महिला विरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ वा पु¥याउने सम्भावना हुन्छ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्दछ ।’ संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् र यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्दछन् । हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनुपरेको स्थिति छ । समग्रतामा मुलुकको लैंगिक विकासको वस्तुस्थिति हेर्दा सन् २०१५ को संयुक्त राष्ट्र«संघीय विकास कार्यक्रम (यूएनडीपी)को लैंगिक विकास सूचक (GDI) अनुरुप नेपाल कम लैंगिक विकास भएको देशको वर्गमा अर्थात् विश्वको १४५ औँ स्थानमा पर्छ । त्यसै गरी नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा कम लैंगिक विकास भएको देशको सूचीमा पर्छ । नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसाथ गरिसकेको छ । नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । नेपाल […]
उपभोक्ता समितिहरू बिकासका लागि सरकारका सहयात्री हुन : जि. स. स. कास्की प्रमुख पौडेल
कास्की । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उपभोक्ता समितिहरूलाइ पहिलोपटक एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कास्कीका विभिन्न बिकास निर्माणका कामलाई ब्यबस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय बिकास निर्माणमा उपभोक्ता समितिको भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिएको हो। सो प्रशिक्षण कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो […]
कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको आग्रह
काठमाडौ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा […]
फिस्टेल एकेडेमीले पुषको पहिलो साता’फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले ‘फिस्टेल स्पोर्टस् फेस्ट’ पुषको पहिलो साता आयोजना गर्ने भएको छ । बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो। प्रतियोगीताको बारेमा जानकारी दिदै […]
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ […]
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पोखरा । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम […]
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
काठमाडौं । जाजरकोट भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा पाेखरामा २ दिन सम्म संचालन भएको एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम आज सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पितृसत्तात्मक साेचका कारण अझै पनि समाज लैङ्गीक समतामूलक बन्न नसकेको वताउनुभयाे। राज्यले व्यवस्था गरेका हक अधिकार प्राप्तिका लागि समेत एकल महिलाले थुप्रै […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
एकल महिलाका लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
Leave a Reply
You must be logged in to post a comment.