हिन्दु धर्मको रक्षाका लागि हिन्दुहरु जागरुक हुुनपर्नेमा जोड

१ बैशाख २०७९, बिहीबार

 

पोखरा। पोखरामा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ ।
अभियान पोखरा कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दु धर्मको रक्षाका लागि हिन्दुहरु स्वयम जागरुक हुुनपर्नेमा जोडदिनुभएको छ । धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दु धर्मका लागि धोका भएको उहाँको भनाई छ ।
पुर्व प्रधानन्यायधिस पराजुलीले सवैलाई बन्धुुत्वको भावले समेट्ने हिन्दु धर्मलाई आधार मानी राष्ट्रलाई हिन्दुुराष्ट्रको पहिचानको रुपमा विकाश गर्न सुझाव दिनुभएको थियो ।
नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक तथा अभियानका केन्द्रिय सदस्य कल्याण तिम्सिनाले हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान नेपालको अस्तित्वसँग जोडिउको अभियान भएकाले हिन्दुुहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दुु राष्ट्र बनाउन उहाँले अभियान सुरु भएको बताउनुभयो ।
हिन्दुु राष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न र हिन्दुु धर्मालम्वीहरुमा हिन्दुुत्व प्रतिको गौरवभाव निर्माण गर्न देशभर अभियान सञ्चालन गरेको अभियानका संयोजक रुकमाङ्गतकटवालले जानकारी दिनुुभएको छ । अभियान गैर राजनितिक भएकाले उहाँले सवै यस अभियानमा जोडिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशिल कुमार गोशली,अथिती लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले कार्यक्रममा वोल्दै अवको आवस्यकता हिन्दु राष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राखेका थिए ।

Leave a Reply