सञ्चारिका समुह गण्डकीको अध्यक्षमा कविता श्रेष्ठ

१५ बैशाख २०७९, बिहीबार

पोखरा ।  सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित हुनु भएको छ । बुधबार पोखरामा सप्पन्न छैठौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ, कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्ती मगर चयन हुनुभएको छ ।

त्यस्तै समुहको सदस्यहरुमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे , दिपा पौडेल, बिनिता सुनार, सोनु राना , सुरक्षा श्रेष्ठ, सुशिला अधिकारी , अनिषा नेपाली, देवी जिसी ( म्याग्दी ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी पदेन सदस्यमा कला राना (स्याङजा), संझना रसाइली (तनहुँ), बसन्ता भट्ट (लमजुङ) र बिष्णु गौतम (पर्वत) निर्वाचित हुनुभएको छ ।

यसअघी कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधिश श्रीधरा पुडासैनीले सञ्चारिका समुहलाई महिलाका सवालमा सशक्त भएर कलम चलाउन आग्रह गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्र्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य दुर्गा भण्डारी, नेपाल बारका केन्द्रिय सदस्य बिनिता नेपाली, नेपाल पत्रकार महासघं केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष विमला भण्डारी, सञ्चारीका समुह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, नी वर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, कोपिला नेपालका कार्यकारी निर्देशक बिना शिलवाल, सिद्धार्थ क्लबका अध्यक्ष, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले कोभिडको विषम परिस्थितिमा संचारिका समुहले खेलेको भूमिकाको चर्चा गर्दै महिला पत्रकारहरुको क्षमता र दक्षता अधिवृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्न सुझब दिनुभएको थियो ।

समुहका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संंचालन समुहका महासचिव कविता श्रेष्ठले गर्नु भएको थियो भने महासचिव श्रेष्ठ र कोषाध्यक्ष उमा आले मगरले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

Leave a Reply