एमाले उम्मेदवार मतदाता भेटघाटमा

0
293

पोखरा । बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए ।
पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए ।
आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो ।
करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे ।
पोखरा १२बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए ।
अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।