पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र

१९ बैशाख २०७९, सोमबार

पोखरा । चुनावी माहोल पोखरामा यतिबेला तातिएको छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १ मा स्थानीय तहको निर्वाचन निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ । नेकपा एमालेले आज वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना ग¥यो । एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका छन् ।

घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेद्वारले आर्शीवाद समेत लिएका छन् । त्यस्तै उनीहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट १ नं वडामा अध्यक्षका प्रत्यासी साहारा प्रधानले आफूहरुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । आफूले जितेको खण्डमा वडावासीका सबै समस्या समाधान गर्ने र वडावासीलाई कुनै पनि सुविधाबाट बञ्चित नगर्ने उनको भनाई थियो ।

घरदैलो कार्यक्रममा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उमेद्वार शोभा गुरुङ, दलित महिला सदस्यका उमेद्वार जुकमाया दमाई, खुल्ला सदस्यका उमेद्वार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागी थियो ।

उक्त वडामा आगामी दिनमा समेत निर्वाचन लक्षित घरदैलो तथा विभिन्न कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिने बताइएको छ ।

Leave a Reply