पोखरा महानगरलाई महिलामैत्री बनाउँछु : कोपिला रानाभाट

२० बैशाख २०७९, मंगलवार

पोखरा। पोखरा महानगरपालिका उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिलामैत्री बनाउने बताएकी छिन् । गठबन्धनको तर्फबाट उपमेयर पदमा उम्मेदवार दिएकी उनले पोखरा १५ को घरदैलौ कार्यक्रमपछिको कोणसभामा बोल्दै महानगरलाई महिलामैत्री बनाउने प्रतिवद्धता जनाइन् ।

महिलाको हकहितका लागि विकासका आधारभुत तत्वको समेत सुधार ल्याउने उनले बताईन् । विषेशगरी उपमयेरको काम न्यायीक समिती र पुर्वाधार संरचना अनुगमन रहेकाले पोखरा १५ मा त्यही काम गर्ने उनको भनाई थियो । महिलाको क्षमता अभिवृद्धी, हक अधिकारका लागि त्यही अनुसारको कार्यक्रम ल्याउने उनले बताइन् ।

राष्ट्रियताको सवालमा भिन्न विचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेको कारण जित निश्चित रहेको सुनाइन् । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिका बनाउनुपर्ने बताइन् ।

घर दैलो कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष मीनबहादुर गिरीले पाँच वर्ष बुद्धि बंगरा दाते किराले खाएकाले अब उपचार गर्नु पर्ने समय आएको बताए । ५ वर्षसम्म कुनै पनि काम नगर्नेहरुलाई मतदाताहरुले मत मार्फत उपचार गर्नुपर्ने धारणा राखे ।

मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा कांग्रेसका मीनबहादुर गिरी , वडासदस्यमा नरेश थापा (जसपा), महेश बानिया (माओवादी) ,माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहेका छन् ।

Leave a Reply