पोखरा ८ मा सकियो चुनावी घरदैलो ,भोलीदेखि मतदाता शिक्षासंगै कोणसभा हुने

२२ बैशाख २०७९, बिहीबार

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ८ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा ८ को चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धनसहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

घरदैलो अभियान अन्तर्गत आज वडा ८ का सभागृहचोक, न्यरोड, नयाँबजार, पृथ्विचोकलगायत घरघरमा पुगेर उम्मेदवारहरुले मत मागिरहँदा सो क्षेत्रका मतादाताहरुले एमाले नेतृत्व छदा आफ्ना टोलमा पटकपटक धारामा खाने पानी नआएर हप्तौसम्म खानेपानिको समस्या झेल्नुपरेको तर अब भने गठबन्धनले जितेर आइदिए यस्ता समस्याहरुको हल हुने विश्वास सहित जितको शुभकामना दिएका थिए । अन्तिम दिनको चुनावी घरदैलो अभियानमा आज ८ नं वडाका मतदाताहरु खुशी हुंदै आफुहरुको साथ र सहयोग रहेको भन्दै आफै पनि घरदैलोमा सामेल भएर भोटका लागि अपिल गरेका थिए भने फुल तथा खादा मालाले उम्मेदवारहरुलाई आफ्नो घरदैलोमा स्वागत गरेका थिए ।

अध्यक्ष पदका उम्मेदवार शारदा गिरीसहितको गठबन्धनको टोलीले आफ्नो घरदैलो अभियानमा बिहिबार मतदाताहरुलाई भेटी जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानिय प्रशासनको प्रतिबद्धताका साथ अमुल्य मत दिएर जिताउन आग्रह गरेको थियो । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार शारदा गिरीले अनुरोध गर्नुभएको थियो ।

घरदैलोमा पुगेका उम्मेदवारहरुले घरदैलोसंगै मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, यसअघि वडाबाट पाउने सेवासुविधा पाए नपाएको र यदि नपाएको भए ती सुविधाहरुलाई जनमुुखी कसरी बनाउन सकिन्छ भन्ने कुराका बारेमा जानकारी लिएर वडामा निर्वाचित भएपछि आफुहरुले वडावासीका लागि सहज तवरले सेवा सुविधा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै त्रुटिरहित तरिकाले मत हाल्न समेत मतदाताहरुलाई सुझाएका थिए । अब शुक्रबारदेखि भने उम्मेदवारहरुसंगै पार्टीका नेता तथा कार्यकर्ता मतदातामाँझ मतदाता शिक्षासंगै कोणसभामा लाग्ने वडा अध्यक्षकी उम्मेवार गिरीले जानकारी दिनुभयो । यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका ८ मा वडा अध्यक्षमा गिरीसहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, खुल्ला सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल रहनुभएको छ ।

Leave a Reply