रुपाको वृहत्तर विकासका लागि कांग्रेसको सरकार

२५ बैशाख २०७९, आईतवार

 

कविराज खनाल

लेखनाथ। सुुशासन र समृद्धिको सृदृढ आधार रुपा कांग्रेसको सरकार भन्ने मुल नाराका साथ शनिवार रुपा गाउँपालिका नेपाली कांग्रेसको विशाल चुनावी आमसमा सम्पन्न भएको छ । विशाल चुनावी आम सभालाई सम्बोधन गर्दै रुपा गाउँपालिका नेपाली कांग्रेसकी अध्यक्ष (प्रमुख) पदका उम्मेदवार एवं सामाजिक राजनितज्ञ अभियन्ता गीमाया गुरुङ्गले कास्की जिल्लामा महिलाको नेतृत्वको जिम्वेवारी पाएको, महिला अधिकारको लागि रुपा वासीको मुहार पेर्ने धोको रहेको वताउदै नेतृत्वको जिम्वेवार पाएमा कानुनी शाशनको पालना र कानुनी शासनको प्रत्याभुति दिने, फजुल खर्च कटौती गर्दै रुपाको वृहत्तर विकासका लागि आफ्नो उमेदवारी भएको बताइन् ।

गुरुङ्गले समग्र रुपाको दिगो विकासलाई दीर्घकालीन योजना मार्फत समृद्ध र विकसित रुपा बनाउने चाहनालाई रुपावासी दाजुभाई तथा दीदीबहिनीहरुले आफ्नो मतका माध्यमबाट हामीलाई नेतृत्व तहमा पठाउन अनुरोध गर्दै कृषि र पर्यटनको प्रचुर सम्भावना देखिएको यस गाउँपालिकामा विशेष कृषि नितिमार्फत निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा रुपान्तरण गर्दै रुपा गाउँपालकाको दिगो विकास र आर्थिक समृद्धि का निमित्त दीर्घकालीन गुरुयोजना तयार गरी कार्यन्वयन गर्दे लगिने आर्थिक, सामाजिक पुर्वाधार विकासका निमित्त स्वदेशी तथा विदेशी , गैरसरकारी संस्था तथा विभिन्न बिदेशी दातृ निकायहरुसँग प्रदेश एवम् संघीय सरकारको समन्वयमा जनमुखी कार्यक्रम अगाडी बढाउने कुरामा जोड दिइन् ।

सोही अवसरमा उप–प्रमुखका उम्मेदवार नारायणकुमार श्रेष्ठले सेवकको रुपमा रुपा गाउँ पालिकाको विकास गर्दै इमान्दारी, विना पक्षपात उप प्रमुख पदमा विजयी भएमा तलव भत्ता केहि नलिने घोषणा गर्दै तलव भत्तावाट आएको रकमले आफुले वृद्ध अशक्त वालवालिको लागि निःशुल्क स्वास्थ्य परिक्षण गराई रुपालाई साँच्चिकै समृद्ध रुपा बनाउन नेपाली काँग्रेसीजनलाई आग्रह गरे । रुपा गाउँपालिकाका सभापति विमल बाबु न्यौपानेको सभापतित्वमा भएको सो आम सभाका प्रमुख अतिथि केन्द्रीय उप–सभापति धनराज गुरुङ्गले स्थानीय निर्वाचन २०७९ को घोषणा पत्र विमोचन गर्नु भएको थियो । कास्की जिल्लाको पुर्वी भेक रुपा गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । नेपाली कांग्रेस गठबन्धन, नेकपा एमालेवाट अध्यक्षपदमा नवराज ओझा र उप–प्रमुख पदमा लालसुब्बा गुरुङ्ग रहेकी छन् भने राप्रपा लगाएतका पाटीहरु चुनावी मैदानमा रहेका छन् । रुपा गाँउपालिकाका ७ वटा वडामा १४ हजार सात सय १० मतदाता संख्या रहेको छ ।

Leave a Reply