पोखरा – २ मा चुनावीसभा

२७ बैशाख २०७९, मंगलवार

 

पोखरा।पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले ऐतिहासिक स्थान र सम्पदाको संरक्षण गर्ने बताएका छन् ।

सोमबार पोखरा महानगर २ चुनावीसभालाई सम्बोधन गर्दै आचार्यले पोखरा २ को मोहोरिया टोल, विन्ध्यवासिनीको संरक्षणसँगै विकासका लागि कार्यक्रम ल्याउने बताएका छन् । पोखरा भित्रै रहेका ऐतिहासिक, पुराना सम्पदाको खोजी गर्दै त्यसलाई संरक्षण गर्ने जिम्मा महानगरको भएपनि अघिल्लो सरकारले केही गर्न नसकेको उनको भनाई थियो । आफूहरुले जितेमा यस्ता सम्पदाहरुको संरक्षण गर्ने र प्रचारप्रसारमा ध्यान दिंदै पर्यटकीय क्षेत्र बनाउने उनले बताए ।

पोखरा २ मा बढि सडक दुर्घटना हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने र तिव्र गतिको उद्दार टोलि बनाउने साथै ट्राफिक लाइट व्यवस्थापन गर्ने काम प्रतिवद्धता जनाए । बागलुङ बसपार्कलाइ व्यवस्थित बसपार्क बनाउने तर्फ पनि गठबन्धनको सरकारले काम गर्ने मेयर पदका उम्मेदवार आचार्यले बताए ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले भ्रष्टचारमुक्त पोखरा बनाउने प्रतिबद्धता व्यक्त गरिन् । पोखरा २ को चुनावी सभा कार्यक्रममा उनले जीवनमा कुनै लोभ नगरेकाले अब पनि बिलासी जीवनको आसा नभएको बताएकी छिन् । गठबन्धनको सरकार पोखरा महानगरपालिकामा भएमा अहिलेसम्म महानगरमा देखिएको भ्रष्टचारको जालोलाई फुकाउने र भनसुनका आधारमा महानगर नचलाउने भनाई उनको छ ।

पर्यटकीय विकासको थुप्रै सम्भावना बोकेको पोखरामा कृषि, रोजगार, शिक्षाको क्षेत्रमा उल्लेखनिय काम गर्न सकिने भनाई उनको छ । पोखरा २ नेपाली काँग्रेसले जितेको वडा भएता पनि काम गर्न खोजिएको तर महानगरमा एमाले नेतृत्वको सरकारले काम गर्न नदिएको उनको आरोप छ । वडाको नेतृत्व एउटा पार्टीको महानगरको नेतृत्व अर्को पार्टीको हुँदा विकासको आयोजनाहरु ल्याउन गाह्रो हुने उनले बताइन् । त्यसै कारण पनि मेयर, उपमेयर देखि वडाको सेटलाई नै भोट गर्न उनको आग्रह थियो ।

पोखरा २ मा वडामा सबै नेपाली कांग्रेसका उम्मेदवार छ । अध्यक्षमा दिवसमान प्रधानाङ्ग, सदस्यहरुमा गौतम विजुक्छे, मिनाकुमारी आले, गोमा सुवेदी र सुनिता विक चुनावी मैदानमा छन् ।

Leave a Reply