चुनाव जितिसकियो बिजय उत्सवको तयारीमा छौँ’ – प्रधान

२७ बैशाख २०७९, मंगलवार

पोखरा ।  पोखरा महानगरपालिकामा यतिबेला चुनावी सरगर्मी बढेको छ । प्रचारप्रचारको अन्तिम दिन उम्मेदबारहरु घरदैलोमा व्यस्त छन् । घरघरमा उम्मेदबार कार्यक्रम लिएर यतिबेला पोखरा महानगरपालिका वडा १  नेकपा(एमाले) को तर्फबाट अध्यक्षका उम्मेदवार साहारा प्रधान जनताको घरघरमा मत माग्न हिडिरहेका छन् । प्रधानले घरदैलोको क्रममा आफ्नो बिजय निश्चित भएको भन्दै बिजय जुलशको तयारी गर्न आफ्ना समर्थक शुभचिन्तकलाई आग्रह गरेका छन् ।
नेकपा (एमाले) ले यसअघि बिजय हाँसिल गरेको वडामा पहिलेको  भन्दा फराकिलो मतान्तरले निर्वाचन जित्ने प्रधानको दाबी छ । यस अघिको बडा समितिले जनपक्षिय काम गरेको र केहि दिर्घकालिन योजनाहरु पुरा गर्नका लागि पनि वडाबासिले नेकपा(एमाले) लाई जिताउने बिश्वास लिएका छन् । निशुल्क र गुणस्तरिय शिक्षा, बिपन्नलाई निशुल्क स्वास्थ्य बिमा , सुकुम्बासीलाई लालपुर्जाका लागि पहल ,सांस्कृतिक सम्पदाको संरक्षण र नयाँ रोजगारीका एजेण्डासहित चुनावी मैदानमा लागेको कारण जित सुनिश्चित रहेको प्रधानले जिकिर गरे ।
निर्वाचन नजिकिदै गर्दा बिपक्षी दलहरुले आफ्ना मतदाताहरुलाई धाकधम्की र प्रलोभनमा पार्नसक्ने भन्दै प्रधानले आफ्नो मतको रक्षमा लाग्न पार्टीका नेता कार्यकर्तालाई  आग्रह गर्दै समृछ वडाका लागि सुर्य चिन्हमा मतदान गरि बिजयी गराउनका लागि वडाबासिलाई  आग्रह गरेका छन् । उनले वडामा एमालेले राखेको भेलालाई सम्बोधन गर्दै उनले भने  ‘चुनाव हारिन्छ भन्नेको कुरा एक प्रतिशत पनि मनमा नलिनु होला ।चुनाव जितिसकियो । बिजय जुलुशको तयारी गर्नुस । बरु आफ्नो मत रक्षामा दृढ भएर लाग्नुस ।’
वडा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् ।

Leave a Reply