कास्की । कास्कीमा ३० वैशाखमा हुने निर्वाचनमा दुई लाख ८१ हजार आठ सय ३३ जनाले मतदान गर्नेछन् । कास्कीमा रहेका पाँच पालिकाको नयाँ नेतृत्व चयनका लागि एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्दै छन् । निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीका अनुसार एक मतदान केन्द्रमा मतदान अधिकृतसँगै पाँचजना कर्मचारी र तीन सहयोगी खटिएका छन् ।
कास्कीमा कुल मतदातामध्ये पुरुषको तुलनामा महिलाको संख्या करिब १५ हजार बढी छ । एक लाख ३३ हजार सात सय ४२ पुरुष , एक लाख ४८ हजार महिला र चारजना तेस्रोलिंगी रहेका छन् ।