बागलुङको ताराखोला–५ मा माओवादीका मनबहादुर रोका विजयी

३१ बैशाख २०७९, शनिबार

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादीका मनबहादुर रोका ८ सय ५४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

रोका पाँच दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन् ।

रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।

Leave a Reply