कास्कीको माछापुच्छ्रे – १ मा   नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ सहितको गठबन्धन प्यानल विजयी

३१ बैशाख २०७९, शनिबार

 

 

कास्की ।  कास्कीको माछापुच्छ्रे – १ मा   नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ सहितको गठबन्धन प्यानल विजयी भएको  छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको सो वडामा गुरुङले ६२२ मत पाउनुभयो भने नेकपा(एमाले)का अनुप गुरुङले ५८४ मत पाउनु  भएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी महिला सदस्यमा काँग्रेसका जमुना पुन, दलित महिला सदस्यमा श्याममाया सुनार र खुला सदस्यमा नेपाली काँग्रेसका देवबहादुर मगर र माओवादी केन्द्रका पुर्खबहादुर पुन विजयी हुनुभएको निर्वाचन अधिकृत  पोखरेलले जानकारी दिनुभयो ।

सो वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका मीनबहादुर गुरुङले ६८३ र नेकपा(एमाले)का विक्रम गुरुङ गुरुङले ५२५ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसका सीता अधिकारीले ६१८ र एमालेका सीता तिवारीले ५३३ मत पाउनुभएको छ ।

 

Leave a Reply