पोखरा महानगरको मतगणना शुरु

३१ बैशाख २०७९, शनिबार

 

पोखरा । पोखरा महानगरपालिको मतगणना शुरु भएको छ । सर्वदलीय बैठक बसेर दिँउसो २ बजेबाट शुरु गर्ने भनिएको मतदान २ घण्टा ढिला गरि शुरु हुन लागेको हो । अहिले पोखरा महानगरपालिका वडा नम्बर १, १२ र ३० को मतगणना शुरु गरिएको  प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी  दिए ।

मतगणना पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा गरिएको  उनले बताएका छन् ।

पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाका बीचमा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङसहित ८ जनाका बीचमा प्रतिस्पर्धा छ । पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको छ ।

Leave a Reply