तनहुँको व्यास – ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुने

0
426

तनहुँ ।  तनहुँको व्यास नगरपालिका वडा नं. ८ रिस्ती मतदान केन्द्रमा पुनःमतदान हुनेभएको छ । बैसाख ३० मा भएकाे निर्वाचनमा मतपत्र च्यातिएपछि उक्त केन्द्रमा झडप भएको थियो।

मतगणनाको माग गर्दै नेपाली कांग्रेस लगायतका दलले नाराबाजी गरेका थिए। उक्त केन्द्रमा पुनःमतदान पश्चात मात्र व्यासको मतगणना कार्य अगाडि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको तनहुँका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिनुभयो।