काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

३१ बैशाख २०७९, शनिबार

 

काठमाडौँ । काठमाडौं महानगरपालिकामा उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ८३ मतको अग्रता बनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले साझँ पौने ६ बजे पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको परिणाम अनुसार लौरो लिएर उठेका बालेनले अहिलेसम्म ४०२ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनलाई पछ्याइरहेका एमालेका केवश स्थापितले ३१९ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा रहेकी छन् । उनले अहिलेसम्म २०२ मत ल्याउन सफल भएकी छन् ।

त्यसैगरी यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५३ भोट ल्याएका छन् भने विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत ल्याएकी छन्।

Leave a Reply