पाेखरा २ मा  पाेखरा वाग्लुङ वसपार्क स्तराेन्नती गर्ने निर्णय

१३ जेष्ठ २०७९, शुक्रबार

 

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर २ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पाेखरा वाग्लुङ वसपार्क स्तराेन्नती गर्ने निर्णय गरेका छन्।

उपत्यका नगर विकास समितिले भाडामा लिएको वसपार्कलाई नगरपालिकाकाे मातहतमा ल्याई नमुना वसपार्ककारुपमा विकास गर्ने निर्णय गरेकाे वडाध्यक्ष प्रधानाङ्गले वताए ।`अाधुनिक वसपार्क निर्माणका लागि सराेकारवाला निकायसंग छलफल भईसकेकाे छ,प्रदेश सरकार पनि वजेट दिन तयार छ, वडाध्यक्ष प्रधानाङ्गले भने,अब हामी नेपालकाे मुख्य मुख्य शहरमा वस छुटाउने र यात्रुलाई सुविधा दिने गरि काम शुरु गर्छाैं ।´

 

शुक्रबार वसेकाे पहिलो वैठकले जेष्ठ नागरिक ,अपांगता भएका अशक्त व्यक्तिलाई निशुल्क स्वास्थ परिक्षण गर्ने,महिला ,वालवालिका तथा युवाहरूको क्षमता अभिबृद्दि कार्यक्रम संचालन गर्ने,वडाका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थकाे सहज पहुँच पुर्याउने लगायतका निर्णय गरेको वडाध्यक्ष प्रधानाङ्गले जानकारी दिए।

शुक्रबार वडा कार्यलयले अायाेजना गरेको स्वागत तथा पदस्थापन कार्यक्रममा वाेल्दै वडाअध्यक्ष प्रधानाङ्गले अाफुले निर्वाचनका वेला जनतासंग गरेका प्रतिवद्दता व्यवाहारिकरुपमा कार्यन्वयन गर्दै जाने वताए ।सबै राजनितीक दलकाे साथ र सहयोग लिएर वडाको विकासका कार्यक्रमलाई अगाडि वढाउने वडाध्यक्ष प्रधानाङ्गकाे भनाइ थियाे। घाेषणा पत्रमा उल्लेख गरेका कुरालाई प्राथमिकताका अाधारमा कार्यन्वयन गर्दै लगिने उनले वताए ।

उनले पाेखरा २ लाई शिक्षा ,कला ,संस्कृति र धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास गरिने वताए ।

पाेखरा -२ का निवर्तमान वडाध्यक्ष रामेश्वर मल्लले वडाकाे विकासका लागि सवैकाे साथ र सहकार्य अावश्यक रहने वताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय अध्यक्ष समाजसेवी अानन्दराज मुल्मीले वडाकाे गुणात्मक विकासका लागि वडाका कर्मचारी ,नागरिक र जनप्रतिनिधिकाे महत्त्वपूर्ण भुमिका रहने वताए ।

नवनिर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गकाे अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य शारदा पाैडेल,नेपाली काँग्रेसका पाेखरा नगर सभापति सुरेन्द्रमान विजुक्छे,काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति मनाेज गुरुङ ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,समाजसेवी शुशिला पराजुली ,नेपाली काँग्रेस पाेखरा २ का सभापति अरुण कायस्थ ,एमालेका अध्यक्ष दिपक शाह,नेकपा एसका खगेन्द्र पराजुली ,नेकपा माअाेवादी केन्द्रका रुपलाल सुनार,राप्रपाका अरुण विक्रम राणा ,शिक्षासेवी वसन्त पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए।

पाेखरा २ का नवनिर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव सुर्य माेहन पाैडेलले गरेका थिए भने कार्यक्रमकाे संचालन वडाका कर्मचारी सरस्वती अधिकारीले गरेकी थिईन।

 

 

 

Leave a Reply