पाेखरा ३ मा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

१३ जेष्ठ २०७९, शुक्रबार

 

 

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा शुक्रबार   पदभार ग्रहण गरेका वडाध्यक्ष प्रकाशमान उदासले १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका छन्।

`यस वडा भित्रका सामुदायिक तथा निजि विद्यालयसंग समन्वय गरि अार्थिकरुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरियो ,´नवनिर्वाचित वडाध्यक्ष उदासले भने।

पैसाकाे अभावमा काेहि पनि विद्यार्थी शिक्षाकाे हकवाट वन्चित हुन नपराेस भन्ने उदेश्यले छात्रवृत्ति दिने कार्यक्रमकाे सुरुवात  गरिएको उनले वताए ।

 

निर्णय भएकै दिन अर्थात अाज नै पाेखरा -३ निलगिरि टाेलका प्रसिद्ध परियारलाई माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुलमा कक्षा ७ देखि १० कक्षा सम्म निशुल्क पढ्ने व्यवस्था गरिएको वडाध्यक्ष उदासले जानकारी दिए।अन्य ९ जना जेहेन्दार विद्यार्थी पहिचान गरि विद्यालयसंग समन्वय गरि कार्यन्वय गर्दै जाने याेजना रहेको समेत उनले वताए ।

शुक्रबार वडा कार्यलयले अायाेजना गरेको स्वागत तथा पदस्थापन कार्यक्रममा वाेल्दै वडाअध्यक्ष उदासले अाफुले निर्वाचनका वेला जनतासंग गरेका प्रतिवद्दता व्यवाहारिकरुपमा कार्यन्वयन गर्दै जाने वताए ।सबै राजनितीक दलकाे साथ र सहयोग लिएर वडाको विकासका कार्यक्रमलाई अगाडि वढाउने वडाध्यक्ष उदासकाे भनाइ थियाे। घाेषणा पत्रमा उल्लेख गरेका कुरालाई प्राथमिकताका अाधारमा कार्यन्वयन गर्दै लगिने उनले वताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रजातन्त्र सेनानी केशवराज पराजुलीले  वडाकाे विकासलाई प्राथमिकता दिएर काम गर्न अाग्रह गरे।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,समाजसेवी अशाेक पालिखे,निवर्तमान वडाध्यक्ष रविन्द्र वहादुर प्रजु,नेपाली काग्रेस पाेखरा -३ का सभापति नारायण उदास,नेकपा माअाेवादि केन्द्रका अध्यक्ष भिम वहादुर गुरुङ ,राप्रपाका माेतिमान शाक्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

पाेखरा-३ का नवनिर्वाचित वडाध्यक्ष प्रकाशमान उदासकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडाका कर्मचारीमाेहन प्रसाद ढुंगानाले गरेका थिए भने कार्यक्रमकाे संचालन वडा सचिव चन्द्रावती वाग्लेले गरेकी थिईन।

 

पदस्थापन कार्यक्रमकाे शुरुआत  बुद्ध शिक्षा पञ्चशिलको अनुशरण गर्दै गरिएको थियाे।

 

 

Leave a Reply