पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहिन

१५ जेष्ठ २०७९, आईतवार

पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क बिहिन भएको छ । आज विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । उक्त विमानमा १९ जना यात्रु भएको बताइएको छ । सम्पर्क विहिन भएको उक्त जहाजको खोजि कार्य तिव्र पारिएको सुरक्षा निकायले जनाएको छ ।

Leave a Reply