सम्पर्कविहीन जहाजको  हेलिकोप्टरबाट खोजि कार्य तिव्र

१५ जेष्ठ २०७९, आईतवार

 

 पोखरा। पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क बिहिन भए पछि  हेलिकोप्टरबाट उक्त विमानको खोजि कार्य तिव्र पारिएको छ । पोखरा विमानस्थलबाट आज विहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त विमान हालसम्म सम्पर्क नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।  हालसम्म उक्त विमान कहाँ छ त्यसको कुनै पहिचान नभएको उनले जनाए ।

सम्पर्क विहिन भएको विमानको नेपाली सेनाको हेलिकोप्टर मार्फत समेत खोजि भएको छ । मुस्ताङको लेतेबाट उक्त विमान डाइभड भएको हुन सक्ने आशंका गरिएको छ । उक्त बिमानको चालकमा क्या.प्रभाकर घिमिरे, विमान परिचालिका किस्मी थापा र  विमानका अर्को एक सदस्य इस्सव पोखरेल रहेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ ।

 

उक्त विमानमा १९ जना यात्रु ३ जना चालक दलका सदस्य रहेका थिए । उक्त जहाजमा १६ नेपाली र भारतीय नागरिक सहित ६ जना विदेशी रहेको खुलेको छ । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

 

 

 

 

Leave a Reply