इन्धनको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०७९, शुक्रबार

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।

सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

 

 

Leave a Reply