बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम

२७ जेष्ठ २०७९, शुक्रबार

बझाङ । बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा सदरमुकाम चैनपुरमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

 

अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा अधिवक्ता सरिता तिमिल्सिनाले पत्रकारहरु राज्यको चौथो अंग भएको हुँदा सत्य, तथ्य तथा मर्यादीत समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।

उनले जुनसुकै मिडिया हाउसमा काम गरे पनि आफ्ना प्रकाशित तथा प्रसारित समाचारले देश विकासमा टेवा पुग्ने खालका समाचार प्रकाशित गर्नुपर्ने बताइन् ।

पत्रकारको क्षमता विकास तथा आचारसंहिता कार्यान्वयनका लागि दुई दिने कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए । उनका अनुसार प्रदेश समितिले सुदूरपश्चिमका सबै जिल्लाहरूमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

 

Leave a Reply