प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं: मन्त्री थापा

१४ असार २०७९, मंगलवार

पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो प्रदेश सरकार अब विकास बोर्ड तयारीमा रहेको बताएका हुन्। ‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ । चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्ने गरी अगाडि बढीनेछ ।’,उनले भने।

मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको पनि बताए । पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका थिए। चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उनले चलचित्रका माध्यम पोखरा सँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताए

 

कार्यक्रममा प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए। यस्तै चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको बताए। कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ कास्कीले पछिल्लो समय चलचित्र संगै पत्रकारको बिकासमा उल्लेख्य काम गरेको बताए। उनले यस्ता खालका कार्यक्रमले पत्रकारको उत्थानमा टेवा पुग्ने बताए।

कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारीले आफ्नो भनाई राख्दै संघले हिजो देखी आजको दिन सम्म आई पुग्दा बिबिध सामाजिक कार्यक्रम गरेको स्मरण गरे। उनले भोलीका दिनमा पनि सकारात्मक र रचनात्मक खालका कार्यक्रम संघले आयोजना गर्ने उद्घोष गरे।

Leave a Reply