पाेखरा -१० मा ३ महिने व्युटिसियन तालिम

१९ असार २०७९, आईतवार

 

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १० ले आयोजना गरेको ३ महिने व्युटिसियन लेवल -२ तालिम आइतबार पाेखरामा सम्पन्न भएको छ।समापन कार्यक्रममा वाेल्दै पाेखरा-१० का वडाध्यक्ष राजेश गुरुङले महिलालाई सीप सिकाएर आत्मनिर्भर वनाउने उदेश्यले तालिमको आयोजना गरिएको वताए ।उनले सिकेको सिपलाई व्यवाहारमा उतार्न समेत तालिमका सहभागीलाई अनुरोध गरे।

तालिम संयाेजक एवम् पाेखरा -१०का पुर्व वडा सदस्य निशा मल्ल ठकुरीले ३ वर्ष अघि ४० जना महिला सहभागीलाई व्युटिसियन लेभल -१ तालिम दिएकाेमा २० जना छनाैट गरेर लेभल -२ काे तालिम प्रदान गरिएको जानकारी दिईन।

काेराेनाका कारणले तालिम अलि ढिलाे संचालन गर्नु परेकाे उल्लेख गर्दै उनले आफू वडाकाे सदस्य हुदा महिला उद्यमशिलताकाे सवालमा धेरै काम गरेको वताईन।चुरापाेते वनाउने तालिम देखि महिलाको क्षमता अभिवृद्धि गर्ने धेरै कार्यक्रम संचालन गरेको स्मरण गर्दै उनले नवनिर्वाचित वडाका जनप्रतिनिधिलाई समेत महिला उद्यमशिलताका कार्यक्रम संचालनमा जाेड दिन अनुराेध गरिन।स्थानीय सरकारका साथै प्रदेश सरकारसंग समेत सहकार्य गर्दै महिला उद्यमशिलताकाे कार्यक्रमका लागि आफू सधैं लागिरहने उनको भनाइ थियाे।

पुर्व वडा सदस्य प्रतिभा विकले आत्मनिर्भर महिला हरेक क्षेत्रमा अगाडि वढ्न सक्ने उल्लेख गर्दै महिलाले आय आर्जन गर्न सके मात्रै आफ्ना हक अधिकार प्राप्ति हुने वताईन।

पाेखरा -१० महिला वडा संजालका संयाेजक निर्मला कार्की भण्डारीले महिलाको आर्थिक शसक्तिकरणका लागि वडाले सधैं ध्यान दिनु पर्ने वताईन।उनले तालिममा सहभागीले तालिम पश्चात् पेशागत व्यवसाय गरे वा नगरेको संजालले अनुगमन समेत गर्ने जानकारी दिईन। उनले पाेखरा -१० लाई हरेक हिसाबले सक्षम महिलाको वडाकाे रुपमा विकास गर्न आफू लागपरेकाे समेत वताईन।

तालिमका मुख्य प्रशिक्षक बविता केसी कार्कीले व्युटिपालर व्यवसाय पछिल्लो समय महिलाको आय आर्जननका लागि महत्त्वपूर्ण व्यवसायकाे रुपमा विकास हुदै गएको वताईन।उनले सिकेको सिपलाई प्रयाेगमा ल्याउन सहभागीलाई अनुरोध गरिन।

तालिमका सहभागी राजेश्वरी खत्रीले व्युटिपालर व्यवसायवाट राम्रो आम्दानी गर्न सकिने विश्वासका कारणले तालिममा सहभागी भएको वताईन।

कार्यक्रममा २ जना अनुशासित प्रशिक्षार्थी तर्फकाे पुरस्कार अर्चना गुरुङ र सागरिका केसीलाई प्रदान गरिएको थियाे।

तालिम संयाेजक निशा मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन वडा संजालका संयाेजक निर्मला कार्की भण्डारीले गरेकी थिईन।

 

Leave a Reply