सिप भएकाहरु बेरोजगार बस्नु पर्दैन : उपप्रमुख गुरुङ

१९ असार २०७९, आईतवार

पोखरा  । गण्डकी बहुप्राविधिक शिक्षालय ,पोखराले संचालन गरेका तिन महिने तालिम समूह मध्ये १० र ११ को ३९० घन्टे, ६५ दिने सिपमुलक तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै पोखरामहानगरपालिकाको उपप्रमुख मंजु देवी गुरुङले हातमा सिप भएकाहरु बेरोजगारबस्नु नपर्ने बताउनु भएको छ । हामीले सिप सिकाउने र रोजगार बनाउनेअभियानलाई प्राथमिकता दिएका छौ ,
‘पहिले तपाइले सिप सिक्नुस अनि कम्तिमा १० जनालाइ रोजगार दिन सक्ने गरि
उद्योग संचालन गर्नुस” सस्तो ब्याजदरमा ऋण हामीले उपलब्ध गराउने व्यवस्था गरेका छौ ।

समापन कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङले महानगरले लक्षित वर्ग
बिशेष बिबिध कार्यक्रम ,कानुनि सचेतता कार्यक्रम लगाएतका विविध कार्यक्रम
संचालन गरिरहेको बताउदै सहयोग आवश्यक भएका दिदि बहिनीहरुलाई
महानगरपालिका ,वडा कार्यालय महिला जनप्रतिनिधि समक्ष आफ्ना समस्या खुलेरभन्नको लागि आग्रह गर्नु भएको थियो ।
पोखरा महानगरपालिका शिक्षा निर्देशक एव गण्डकी बहुप्राविधिक शिक्षालयका
सन्चालक समिति सदस्य हेम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको
संचालन शिक्षालयका निर्देशक लक्षमण तिमिल्सिनाले गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापतिले
बोल्दै तालिम सिकेर हातमा सिप भएका जनशक्तिसलाइ रोजगारीमा जोड्नकोलागी शिक्षालय र उद्योग बाणिज्य संघ बीच सहकार्य भएको औल्याउदै आगामी दिनमा समेत बजारको माग बमोजिम लक्षित वर्ग केन्द्रित निशुल्क सिप मुलका तालिमसंचालन गरिने बताएका थिए ।

कार्यक्रममा प्रशिक्षक हरु बिष्णुहरि तिमिल्सिना, डा . शान्ता खत्री ,मिलन केसी ,मंजु देवाकोटा ,म्ँक्ष्म् परियोजनाका संयोजक होमनाथ गैरे ,बुटिक एसोसिएसन
कास्कीका अध्यक्ष शान्ति श्रीस मगर लगाएतलाई सम्मान समेत गरिएको थियो ।
प्रति समुह २० जना रहने गरि सिप मुलक कार्यक्रम संचालन गर्दै आएको गण्डकी
बहुप्राविधिक शिक्षालयले यस आर्थिक बर्षमा १४० जना प्रशिक्षार्थीहरुलाई तालिम
प्रदान गरि दीक्षित गरिसकेको छ ।

Leave a Reply