प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा    

२२ असार २०७९, बुधबार

 

 

पोखरा । नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष  विन्दुले  अध्यक्ष पदमा उम्मेदवारी घोषणा  गरेकी हुन्  ।

कार्यक्रममा वाेल्दै उनले प्रेस स्वतन्त्रता ,पत्रकारको पेशागत सुरक्षाका साथै पत्रकारको ट्रेड युनियन अधिकार स्थापनाका लागि आफ्नो उम्मेदवारी रहेको  जानकारी दिईन।

दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत बिन्दु स्याङ्जाकी स्थायी बासिन्दा हुन् ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष रहेकी बिन्दुले प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशागत सुरक्षाका लागि निरन्तर वकालत गर्दै आएकी छन्।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको आगामी साउन ६ र ७ गते हेटौडामा हुने नवौं राष्ट्रिय  महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

 

 

Leave a Reply