विश्व स्तनपान सप्ताहका अवसरमा जाेन्टा क्लव अफ पाेखराद्वारा शिक्षा र समर्थन कार्यक्रम संचालन

१६ श्रावण २०७९, सोमबार

 

पाेखरा।विश्व स्तनपान सप्ताहकाे अवसरमा जाेन्टा क्लव अफ पाेखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ।क्लबले दिवसको पहिलो दिन साेमवार पाेखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ।

 

कार्यक्रममा वाेल्दै पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेकोमा वताउनु भयाे। उहाँले स्तनपान सुरक्षाको महत्त्ववारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जाेड दिनुभयो ।

 

स्तनपान सामान्य तर अति महत्त्वपूर्ण हाे भन्ने स्थापित गराउन र यसको महत्त्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उहाँको भनाइ थियाे।

 

जाेन्टा क्लव अफ पाेखराका अध्यक्ष माेनिका थापाले वच्चा जन्मेपछि ६ महिना सम्म आमाकाे दुधवाहेक अन्य कुरा खुवाउँदा वच्चाकाे स्वास्थ्यमा असर पर्ने हुदा आमाकै दूध खुवाउनु पर्नेमा  जाेड दिनुभयो ।स्तनपान सम्वन्धी सचेतनामुलक कार्यक्रम पाेखराका विभिन्न वडा कार्यलयहरुसंगकाे सहकार्यमा सप्ताहव्यापी रुपमा संचालन गरिने पनि अध्यक्ष थापाले जानकारी दिनुभयाे।

 

 

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.प्रविण श्रेष्ठले स्तनपानकाे महत्त्वका विषयमा सहजीकरण गर्नुभएको थियाे।त्यसैगरी फिजियाेथेरापी डाक्टर सुव काेईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गर्नु भएको थियाे भने पाेषण तथा आहार परामर्श दाता डाक्टर विद्या रघुनादन कायस्थले सन्तुलित भाेजनका विषयमा सहजिकरण गर्नु भएको थियाे।

 

जाेन्टा क्लव अफ पाेखराका अध्यक्ष माेनिका थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा -३ का वडा सदस्य शान्तिदेवी पराजुली ,वडा सचिव चन्द्रावति वाग्ले,जाेन्टा क्लव अफ पाेखराका सृजना भट्टराई लगायतले स्तनपानकाे महत्त्वका विषयमा वाेल्नुभएकाे थियाे।

कार्यक्रममा पाेखरा-३ का गर्भवती र सुत्केरी अवस्थाका महिला सहित ४० जनाको सहभागीता रहेको थियाे।

जाेन्टा क्लव अफ पाेखराका काेषाध्यक्ष अन्जना तझ्यालेकार्यक्रम काे संचालन गर्नुभएको थियाे।

पछिल्लो समय खासगरी सहरी क्षेत्रमा कामकाजी महिलाले समय अभावका कारण पनि वच्चालाई स्तनपानमा भन्दा वट्टाकाे दुधमा जाेड दिएको पाईन्छ ।वालराेग विशेषज्ञहरुकाे अनुभवमा पछिल्लो समय  नयाँ आमाहरुले दुध नआएको भन्दै वट्टाकाे दुध वा लिटाे खुवाउने प्रवृति बढेको पाईन्छ ।

१ अगष्ट देखि ७ अगष्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाउने गरिन्छ ।

 

Leave a Reply