जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीको जोड

१६ श्रावण २०७९, सोमबार

 

पोखरा।पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ । लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको थियो  । बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा जोड दिनुभयो । ‘महानगरले गर्ने सबै काम कानून अनुसार हुनुपर्छ । जसलाई जे जिम्मेवारी छ । त्यसले त्यही गर्नुपर्छ र जनताप्रति जवाफदेही बन्नुपर्छ ।’ उहाँले लेखा समितिले महानगरभित्रले गर्ने आर्थिक र विकास निर्माणका लगायत यहाँको शुसानका बारेमा उठेका विषयमा छलफल, छानविन लगायतका काम गर्नसक्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भारतीले कानून मिचेर कसैलाई माया गर्न नसकिने बताउदै भन्नुभयो, ‘कानूनभित्र रहेर काम गर्नुपर्छ । सबै विधि र सिस्टमा चल्नुपर्छ ।’
बैठकमा लेखा समिति सदस्यहरु विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापाले लेखा समितिले आफनो अधिकारको प्रयोग गरेर पोखरा महानगरमा सुशासन कायम गराउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभयो । उहाँहरुले यहाँभित्र रहेका ब्यथितिका बारेमा अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउने र गल्तीकमजोरीलाई सच्याउने तर्फ समितिको ध्यान केन्द्रीत हुने बताउनुभयो । बैठकले महालेखाले हालै सार्वजनीक गरेको प्रतिवेदन अध्ययन गरेर अर्को बैठकमा त्यसबारे छलफल गर्ने निणय गरेको छ । अर्को बैठकमा महालेखाको प्रतिवेद सबै सदस्यहरुलाई उपलब्ध गराउने र त्यसबारे छलफल गर्ने निर्णय भएको समितिका संयोजक झपट रानाभाटले जानकारी दिनुभयो । बैठकमा लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले समितिको काम, कर्तब्य र अधिकार बारे जानकारी गराउनुभयो ।
पोखरा महानगरको गत असार २६ गते बसेको एघारौं नगरसभाले नगरसदस्य झपट रानाभाटको संयोजकत्वमा समिति गठन गरेको थियो ।

Leave a Reply