४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य

0
360

पोखरा । २०७८ सालको एसईईमा  डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये  कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ ।

नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् ।

युकेजीबाट डिज्निल्याण्ड एकेडेमीमा नै पढ्दै आएकी पोखरेले मिहनेती विद्यार्थीमा रहेको एकेडेमीका प्रिन्सिपल नरेश बरालले बताए । रितिका सहित २०७८ सालको एसईईमा सहभागी २८ जना विद्याथीले उत्कृष्ट अंक सहित सत प्रतिशत नतिजा ल्याएकोमा खुसी लागेको बताए । विद्यालयमा कार्यरत सबै शिक्षक , शिक्षिकाको मेहेनत र विद्याथीको लगनशिलताका कारणले नै विगत देखि नै आफ्ना विद्यार्थीले उत्कृष्ट अंक ल्याउने गरेको बताउदै यस पटक त झन आफ्नै विद्यालयबाट ४ जीपिए ल्याएर छात्रा रितिकाले विद्यालयकै गरिमालाई झन उच्च बनाएको बताए ।

विगतका दिनमा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले पहिलो पल्ट ४.० जिपिए ल्याउँदा अत्यन्तै खुसी लागेको विद्यालयका सहप्राचार्य समेत रहेका रितिकाका बुवा दीपक पोखरेलले बताए । डिज्नील्याण्डबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ माथि ल्याउने ७ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ११ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९ जना र २.४ देखि २.८ जिपिए ल्याउने १ जना छन् ।