प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

१९ श्रावण २०७९, बिहीबार

पोखरा ।  पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ ।
पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो ।
बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने उनको भनाई थियो । एक फरक प्रसंगमा भट्टराइले संघ नेपाली कांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्त भएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमा आफ्नो प्रभूत्व जमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । ती अनियमितालाई चिर्नका लागि पनि लोकतान्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । यसका लागि लोकतान्त्रिक खेलकुद संघले पहल गर्नुपर्ने उनको धारणा छ । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मुल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतान्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । पोखरामा हुने प्रतियोगिताकाm लागि गठन गरिएको मुल आयोजक समितिमा पोखराकै खेल क्षेत्रका व्याक्ति समेट्नु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा के भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको बताए । गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढि हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघर्ष गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमा हामीलाई सुरक्षा र अनुसन्धान उपसमितिमा व्यवस्थापन हुनुप¥यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यांै, पछि सहसंयोजक राख्ने मौखिक सममती भएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं ।’
पूर्व खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउन पहल गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले बताए । नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्व खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले विज्ञप्ती प्रकाशित गरेरै दवाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्री सामु जाने उनको भनाई थियो । यदि त्यसले काम नगरे काठमाडौं प्रधानमन्त्री सामु पुग्ने उनले बताए । पछिल्लो समय कांग्रेलले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको उनको भनाई थियो । अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।

Leave a Reply