नेपाल महिला संघ पाेखरा -१० काे शुभकामना आदान प्रदान एवम् सम्मान कार्यक्रम

३ भाद्र २०७९, शुक्रबार

 

पाेखरा।नेपाल महिला संघ पाेखरा -१० ले नेपाली महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

संघले पाेखरा -१० का नवनिर्वाचित वडा अध्यक्ष राजेश गुरुङ ,वडा सदस्यहरु नरदेवी गुरुङ ,सुनीमाया नेपाली ,पुर्ण चन्द्र न्याैपाने र परमेश्वर कार्कीलाई सम्मान गरेको छ।

त्यसैगरी नेपाल महिला संघ पाेखरा -१० का संस्थापक सभापति अनिता तिमिल्सिना र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीलाई पनि महिला  पाेखरा -१० ले सम्मान गरेको छ।

महिला शसक्तिकरणकाे क्षेत्रमा पत्रकारिता मार्फत महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै केन्द्रीय सदस्य तिमिल्सिनालाई सम्मान गरेको हाे भने महिलाकाे राजनीतिक क्षेत्रमा सहभागीताकाे लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै संस्थापक अध्यक्ष तिमिल्सिनालाई सम्मान गरेको हाे।

कार्यक्रममा वाेल्दै प्रमुख अतिथि नेपाल महिला संघ कास्कीका उपसभापति एवम् नेपाल महिला संघ पाेखरा -१० का संस्थापक सभापति अनिता तिमिल्सिनाले तीज पर्व नेपाली महिलाको अधिकारका लागि आवज उठाउने पर्व भएको वताउनुभयाे।महिलाले भाेगेका हिंसा,विभेद र पीडा उजागर गर्न तीजे गीतले महत्त्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ थियो ।उहाँले जनप्रतिनिधिहरुले गुनासो नआउने गरि काम गर्न सुझाव समेत दिनुभयो ।

पाेखरा -१० का वडाअध्यक्ष राजेश गुरुङले महिलाकै भाेटका कारणले आफुले चुनाव जितेको स्मरण गर्दै महिला शसक्तिकरणका क्षेत्रमा काम गर्न आफू तयार रहेको वताउनु भयाे।

नेपाल महिला संघका पुर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्कीले राजनीतिकाे माध्यमबाट मात्रै सामाजिक रुपान्तरण गर्न सकिने भएकोले महिलाहरुलाई राजनीतिक क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

पाेखरा -१० का वडा सदस्य नरदेवी गुरुङ र सुनिमाया नेपालीले महिलाकाे हक अधिकारका लागि वडा सधैं साथमा रहेको वताउनुभयाे।

कार्यक्रममा पाेखरा -१० का विजया गुरुङ र सरिता गुरुङ नेपाल महिला संघमा प्रवेश गर्नुभएको थियाे।

नेपाल महिला संघ पाेखरा १० का अध्यक्ष निशा मल्ल ठकुरीले महिलाहरु वीच सुखदुःख साटासाट गर्नका साथै आत्मीयता बढाउनका लागि कार्यक्रमकाे आयोजना गरिएको वताउनुभयाे।

नेपाल महिला संघ पाेखरा -१० का सभापति निशा मल्ल ठकुरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन नेपाल महिला संघ पाेखरा -१० का सचिव एवम् नेपाली काग्रेस कास्कीका जिल्ला सदस्य निर्मला कार्की भण्डारीले गर्नुभएको थियाे।

कार्यक्रममा नेपाल महिला संघ पाेखरा -१० का सदस्यहरुकाे सहभागीता रहेको थियाे।कार्यक्रममा दिदिबहिनीहरु तीजे गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए।

 

Leave a Reply