युवानेता नबराज बसौला पितृशोकमा

१७ भाद्र २०७९, शुक्रबार

पोखरा ।  राप्रपा युवानेता नबराज बसौला लमजुङ्गे पितृशोकमा पर्नुभएको छ। सुन्दरबजार-२, परेवाडाडा निवासी लमजुङ्गेका पिता स्व. हिम बहादुर बसौलाको ७७ बर्षको उमेरमा आफ्नै निवास परेवाडाडामा यहि भाद्र ९ गते बिहीवार निधन भएको थियो। स्व. हिमबहादुर बसौला का श्रीमती र ५ जना छोराछोरी छन।

युवानेता नबराज लमजुङ्गे सहयोगी, सामाजिक , बिकासप्रेमी र भिजिनरी युवानेता का रुपमा परिचित छन। २०७४ को स्थानीय निर्बाचनमा राप्रपाको तर्फबाट सुनपाको उपमेयरमा उम्मेदवारी दिएर राम्रो मत ल्याएका लमजुङ्गे राप्रपा गन्डकी प्रदेश कार्यसमितिका सन्स्थापक प्रबक्ता पनि हुन। उनले  गत मङ्सिरमा सम्पन्न राप्रपा केन्द्रिय एकता महाधिबेशनमा खुल्ला केन्द्रिय सदस्यमा ८४८ मतका साथ पराजय भोगेका थिए।

लमजुङ्गे राम्रो ब्यबसायिका रुपमा पनि चिनिन्छन। पोखरा-१०, बुद्दचोकमा उनले लमजुङ्गे अर्गानिक नामक किसान बजार, सशुल्क धर्मशाला, पाहुनाघर र कृषि तालिम केन्द्र संचालनमा ल्याएर धेरै युवालाइ रोजगारी समेत शृजना गरेका छन। युवानेता लमजुङ्गे आउदो मङ्सिरमा हुने संघीय र प्रदेश निर्वाचनमा युवानेता लमजुङ्गे लमजुङ्ग प्रदेश- ख बाट राप्रपाको उम्मेदवारको रुपमा मुख्य चर्चामा रहेका छन।

Leave a Reply