पाेखरा -३ मा स्तन तथा पाठेघरकाे मुखको क्यान्सर  परिक्षण गराएका अधिकाँश महिलामा समस्या

१९ भाद्र २०७९, आईतवार

 

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा शनिबार निशुल्क भि.आइ. ए ( पाठेघरकाे मुखको क्यान्सर परीक्षण ) कार्यक्रम सम्पन्न भएको छ। परिक्षण गरिएका महिलाहरु मध्ये अधिकाँशमा याैनजन्य राेग सम्वन्धी संक्रमण देखिएको स्वास्थ्यकर्मी लक्ष्मी ढुगाँनाले पाेखरा पाेष्टलाई जानकारी दिनुभएको छ।”हामीले १०० जना महिलामा भि .आइ .ए परिक्षण गर्दा ५० जना महिलामा विभिन्न प्रकारका याैनजन्य संक्रमण भएको पायौं ।२ जना महिलामा क्यान्सर हुन सक्ने लक्षण देखिएकाले तुरुन्तै डाक्टरकाे परामर्श लिई थप उपचारका लागि परामर्श दिएका छाै।”

तीजको उपहार- महिला स्वास्थ्य सरोकार भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा कार्यालय वडा नं.३को आयोजना र लायन्स क्लब अफ पोखरा सेति गण्डकीको समन्वय , पद्म नर्सिङ होम प्रा•लि• तथा MIDSON Kaski को प्राविधिक सहयोग एवम् वडा नम्बर ३ भित्रका सम्पूर्ण महिला समुहहरुको सहयोगमा एक दिने स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि सचेतना तथा निशुल्क (VIA screening test) परिक्षण कार्यक्रम संचालन गरिएको हाे।

 

महिलामा हुने याैनजन्य राेग सम्वन्धी पहिचान र निराकरणका साथै महिलाको पाठेघरकाे मुखको क्यान्सर र स्तन क्यान्सर सम्वन्धी सचेतना जगाउने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाशमान उदासले जानकारी दिनुभयो । ।उहाँले महिलाको स्वास्थसंग सराेकार राख्ने यस्ता कार्यक्रममा समन्वय गर्ने लायन्स क्लव अफ सेती गण्डकी र प्राविधिक सहयोग गर्ने पद्म नर्सिङ हाेम प्रालि तथा मिडसन कास्कीलाई वडा अध्यक्ष उदासले धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

 

लायन्स क्लव अफ पाेखरा सेती गण्डकीका अध्यक्ष अम्बिका पराजुलीले भविष्यमा क्यान्सरको सिकार हुनुपर्ने जाेखिमबाट महिलाहरुलाई सुरक्षित राख्न कार्यक्रम फलदायी भएको वताउनुभयाे।

साेहि क्रममा महिलाहरुकाे स्तनकाे परिक्षण गरी क्यान्सर हाे वा हाेईन भन्ने पहिचान गरिएको  जानकारी दिदै  परिक्षण गरिएका मध्ये क्यान्सर राेगकाे मिल्दोजुल्दो लक्षण देखिएकालाई थप जाँचका लागि सिफारिस गरिएको वडा नम्बर ३ का वडा सचिव चन्द्रावति वाग्लेले जानकारी दिनुभयो ।

पाेखरा -३ की सरिता तिम्सिना पगेनीले घर नजिकै पाठेघरकाे मुखको क्यान्सर तथा स्तन क्यान्सरको परिक्षण गराउन पाउदा खुषि लागेको वताउनुभयाे।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट चिफ लायन विमला श्रेष्ठले लायन्स क्लवहरुले निस्वार्थ सेवाभावले काम गरिरहेकाे जानकारी दिदै जहाँ जे कुराकाे आबस्यकता छ साेहि अनुसार लायन्स क्लबले सेवा गरिरहेकाे वताउनुभयाे।

 

पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाशमान उदासकाे अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा महानपालिका वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पद्म नर्सिङ हाेम प्रालिका अध्यक्ष ईन्दिरा शर्मा ,महिला मिलन समुहका कार्यवाहक अध्यक्ष देवी पराजुली लगायतले वाेल्नु भएको थियाे।

कार्यक्रममा स्वागत लायन्स क्लव अफ सेती गण्डकीका अध्यक्ष अम्बिका पराजुलीले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन पाेखरा -३ का वडा सचिव चन्द्रावती वाग्लेले गर्नुभएको थियाे।

कार्यक्रममा पाेखरा -९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी,पाेखरा -११ का वडाअध्यक्ष प्रेम प्रसाद कर्माचार्य,पद्म नर्सिङ हाेम प्रालिका नरेन्द्र वाँस्ताेला,कार्यक्रम संयाेजक शान्ति उदास लगायतको विशेष उपस्थिति रहेको थियाे ।

Leave a Reply